22.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeमनोरन्जनपिक प्वाइन्टएजुकेशन नेटवर्कको मेगा इभेन्ट्स : नृत्य, गायन र व्यक्तित्व विकासको भव्य...

पिक प्वाइन्टएजुकेशन नेटवर्कको मेगा इभेन्ट्स : नृत्य, गायन र व्यक्तित्व विकासको भव्य मञ्च

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौं । पिक प्वाइन्ट एजुकेशन नेटवर्कको आयोजनामा शनिबार ‘मेगा इभेन्ट्स’ अन्तर्गत विभिन्न विधाका प्रतियोगिताहरूको ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत ‘पिक प्वाइन्ट लिटिल आइकन’ को चौधौं संस्करण सम्पन्न भएको छ। ‘मास्टर किड २०८२’ को उपाधि सफल श्रेष्ठले जितेका छन् भने सलोन श्रेष्ठ प्रथम उपविजेता र इस्पन्दन तामाङ द्वितीय उपविजेता घोषित भएका छन्।

त्यस्तै ‘मिस किड २०८२’ तर्फ खुसी श्रेष्ठ विजेता घोषित भइन्। सौम्या राई प्रथम उपविजेता तथा आर्या थापा द्वितीय उपविजेता बनेका छन्।

यसैगरी ‘पिक प्वाइन्ट डान्सिङ स्टार’ को १३औँ श्रृंखला सम्पन्न भएको छ। अञ्जिला श्रेष्ठले यस वर्षको ‘डान्सिङ स्टार’ उपाधि जितिन् भने सोनाक्षी राई प्रथम उपविजेता र सिम्रिका गुरुङ्ग द्वितीय उपविजेता बने।

त्यसैगरी ‘पिक प्वाइन्ट सिंगिङ स्टार’ को १२औँ श्रृंखला सम्पन्न भएको छ। प्रतियोगितामा प्रवेश श्रेष्ठ ‘सिंगिङ स्टार’ घोषित भए। सुशान्त तामाङ प्रथम उपविजेता तथा दीपिका तामाङ द्वितीय उपविजेता बनेका छन्।

उत्कृष्ट प्रतिभा, नृत्य र गायन प्रस्तुत गर्ने तथा अनुशासन र लगनशीलता प्रदर्शन गर्ने विद्यार्थीहरूमध्ये उत्कृष्ट १० (टप–१०) प्रतिस्पर्धीलाई समेत ग्राण्ड फाइनलमा सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका प्रिन्सिपल ईश्वर केसीले विद्यार्थीहरूको बहुआयामिक प्रतिभा पहिचान र प्रस्फुटनका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताए। “शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र नेतृत्व क्षमताको विकासका लागि सह–पाठ्यक्रमीय गतिविधि अनिवार्य छन्,” उनले भने, “यस्ता मेगा इभेन्ट्सले विद्यार्थीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने सशक्त मञ्च प्रदान गर्छ।”

निर्णायक मण्डलमा ‘लिटिल आइकन’ तर्फ  विश्वकिर्तिमानी तथा कार्यक्रम व्यवस्थापन संघ,नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र लुईटेल र वरिष्ठ अभिनेत्री तथा निर्देशक पल्पसा डंगोल ‘चम्सुरी’ , ‘डान्सिङ स्टार’ तर्फ दक्षिणा लामा तथा ‘सिंगिङ स्टार’ तर्फ उमेश राउत रहेका थिए।

भर्खरै प्रकाशित

your adv here