18.6 C
Kathmandu
Wednesday, April 22, 2026
Homeप्रवासइनास पोर्चुगलको पहिलो कार्यक्रम नेपाली राजदुत महामहीम श्री प्रकाशमणि पौडेलज्युको प्रमुख आतिथ्यमा...

इनास पोर्चुगलको पहिलो कार्यक्रम नेपाली राजदुत महामहीम श्री प्रकाशमणि पौडेलज्युको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न…

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img


अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ( INAS) पोर्चुगलद्वारा आयोजित ” परिचयात्मक तथा पदाधिकारी ओहोदाको प्रमाणपत्र बितरण कार्यक्रम -2026″
***********************************

पोर्चुगलका लागि नेपाली राजदुत महामहीम श्री प्रकाशमणि पौडेलज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व इनास पोर्चुगल राष्ट्रिय समिती अध्यक्ष श्री नृपध्वज खत्री ” निरिप” ले गर्नु भएको थियो बिशिस्ट अतिथिमा इनास ग्लोबल अध्यक्ष श्री अर्जुन काफ्ले ज्यु र NRNA पोर्चुगलका संस्थापक अध्यक्ष श्री पुर्ण हमालज्युको उपस्थिति रहेको कार्यक्रममा पोर्चुगलमा रहेका ६० वटा संघ /संस्थाका पधाधिकारीका साथै ब्यवसायी र बिशिष्ट ब्यक्तिहरूलाई आमन्त्रण गरिएको थियो ।
इनास पोर्चुगलका ग्लोबल समिति प्रतिनिधि श्री सुनिल गिरी द्वारा सन्चालन गरिएको कार्यक्रममा उपस्थित सङ्घसंस्थाका अध्यक्ष ज्यूहरू, पत्रकार, व्यावसायी र विशिष्ट व्यक्तिहरूलाई इनास पोर्चुगलका महासचिव श्री हरि सिलवालको स्वागत मन्तव्य सँगै कार्यक्रम अगाडि बढेको थियो । इनास राष्ट्रिय समिती पोर्चुगलका पदाधिकारीहरूलाई इनास ग्लोबल अध्यक्ष श्री अर्जुन काफ्लेले सपथ ग्रहण गराउनु भएको थियो ।
प्रमुख अतिथिद्वारा ओहदाको प्रमाणपत्र, बिशिस्ट अतिथिहरु श्री अर्जुन काफ्ले ज्युले कार्यसमिति परिचयपत्र, श्री पुर्ण हमालज्युले खादा तथा सल्लाहकार श्री सज्जन हमाल ठकुरीज्युले टीका लगाइ बधाई दिनुभएको थियो ।
सोहिक्रममा समिती सल्लाहकारज्युहरु सज्जन हमाल ठकुरी , भवेश बस्नेत, दुर्गा पङ्गेनि तथा इनास पोर्चुगलका लागि ग्लोबल समिति प्रतिनिधि सुनिल गिरी ज्युलाई ओहदाको प्रमाणपत्र बितरण गरिएको थियो ।स्वागत नृत्यमा कलाकार बीपना कँडेल, सजना विश्वकर्मा, सीम्रल गुरुङ र मनस्वी बराइलीले गुरुङ ठाडो भाकाको गीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो भने स्वागत गीत कार्यसमितिका उपाध्यक्ष श्री संतोष अघिकारीले गर्नु भएको थियो ।अन्य ४ वटा मौलिक नृत्यमा सन्नी शाहि, किरण श्रेष्ठ `रिया‘ र मोना चाम्लिइं राईले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सुदुर पश्चिम समाज पोर्चुगलका अध्यक्ष श्री दिपेश बिक्रम बिष्टले शुभकामना दिदै आउने दिनमा प्रबासमा रहे पनि हामीले हाम्रो कला संस्कृति जोगाउनु पर्छ जस्का लागि इनास पोर्चुगलले महत्वपुर्ण भुमिका निवार्ह गर्ने मा जोडदिनु भयो ।कार्यक्रममा थप आकर्षणका लागी लोक गायिका गीता रेउले, गीता लामा का साथै रितिका कुवॅरले देशका मौलिक भाकामा दोहोरी गित प्रस्तुत गरेका थिए भने गायक विप्लब खड्काले आफ्नो प्रतुति मार्फत उपस्थीत दर्शकलाई नचाउदै कार्यक्रमलाई सॅागेतिक माहोल बनाएको थिए । इनास पोर्चुगलले आगामी दिनमा गर्ने हरेक कार्यक्रमहरूमा साथ रहने प्रतिबद्धता एन आर एन ए पोर्चुगलका स्थापक अध्यक्ष श्री पूर्ण हमालले दिनु भयो । देशमा भएका अनेकौ कला, भाषा र साहित्यलाई हामीले बिश्व सामु चिनाउने एउटा माध्यम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज पोर्चुगलले गर्ने बिश्वास कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुत महामहीम श्री प्रकाशमणि पौडेलले बताउनु भयो ।सहभागी कलाकारहरूलाई इनास फ्रान्सका अध्यक्ष श्री आभाष आचार्य ज्यूले कदर प्रत्र प्रदान गर्नुभएको थियो अन्तमा सभाध्यक्षले उपस्थीत सबैलाई धन्यवाद दिदै सभालाई समापन गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

your adv here