24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeअन्तरराष्ट्रियइनास पोर्चुगलको कार्यक्रम मार्च १ मा आयोजना हुने

इनास पोर्चुगलको कार्यक्रम मार्च १ मा आयोजना हुने

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

पोर्चुगल (लिस्बन) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को पोर्चुगल राष्ट्रिय समितिले विभिन्न सङ्घसंस्थासँग भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

पोर्चुगलमा रहेका नेपाली कलाकारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आगामी मार्च १ तारिख (आइतबार) का दिन लिस्बनस्थित ‘लब लिस्बन रेस्टुरेन्ट’ मा यो विशेष कार्यक्रम गरिने भएको हो ।

प्रवासमा रहेर पनि नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणमा जुटिरहेका कलाकारहरूबीच आपसी चिनजान र भाइचारा अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य ध्येय रहेको छ । सोही अवसर पारेर इनास पोर्चुगल शाखाको कार्यसमितिमा रहेका सदस्य तथा पदाधिकारीहरूलाई औपचारिक रूपमा ओहोदाको प्रमाणपत्र समेत वितरण गरिने कार्यक्रम तय भएको छ ।

सन् २०१२ मा पोल्याण्डबाट सुरु भएको इनासको यात्रा अहिले विश्वव्यापी बनिसकेको छ । नेदरल्याण्ड्समा केन्द्रीय कार्यालय रहेको यस संस्थाले विश्वका ७३ भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । पोर्चुगल शाखाले पनि स्थानीय स्तरमा नेपाली मौलिक कला र परम्परालाई जोगाउँदै प्रतिभाहरूलाई प्रोत्साहन गर्ने कार्यमा सक्रियता देखाउँदै आएको छ ।

संस्थाको विश्वव्यापी गतिविधिलाई थप उचाइमा पुर्‍याउन इनासका विभिन्न शाखाहरू सक्रिय छन् । हालै मात्र नेपाल शाखाको अध्यक्षमा वरिष्ठ चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ भने नेपाल शाखाका निवर्तमान अध्यक्ष दयाराम पाण्डेले एसिया क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

यसरी देश तथा विदेशमा रहेका शाखाहरू मार्फत इनासले नेपाली कलाकारहरूको हकहित र पहिचानका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।

मार्च १ मा हुने यस भेटघाट कार्यक्रमले पोर्चुगलमा रहेका नेपाली कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउने र आगामी दिनमा सहकार्यका लागि नयाँ बाटो खोल्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्न पोर्चुगलवासी नेपाली समुदाय तथा कलाप्रेमीहरूलाई शाखाले अनुरोध समेत गरेको छ ।

भर्खरै प्रकाशित

your adv here