23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeमनोरन्जनतेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाआगामी चैत्र ५ गतेदेखि

तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाआगामी चैत्र ५ गतेदेखि

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौँ | नेपाली लोक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील एभरेष्ट नेपाल कल्चरल ग्रुपले “पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार” भन्ने मूल नारासहित तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ आयोजना गर्ने भएको छ। मेला आगामी चैत्र ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार यसअघि फाल्गुन १५ देखि २४ गतेसम्म आयोजना गर्ने तयारी गरिएको मेलालाई देशको निर्वाचन मिति जुधेका कारण सारेर चैत्रमा सञ्चालन गर्न लागिएको हो। मेला काठमाडौँको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा समुद्घाटन गरिनेछ भने कार्यक्रम काठमाडौँ, पोखरा, ललितपुर, काभ्रेको पाँचखाल र बुढानीलकण्ठ लगायतका पर्यटकीय तथा ऐतिहासिक स्थलहरूमा पनि आयोजना गरिनेछ।

आयोजक संस्थाका अनुसार २०५९ सालदेखि सुरु गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ। हालसम्म १२ संस्करण सम्पन्न भइसकेका छन्, जसमा ८६ भन्दा बढी देशका ९ हजारभन्दा बढी कलाकार सहभागी भइसकेका छन्। संस्थाले ७८ भन्दा बढी देशमा नेपाली लोक संस्कृतिको प्रचार–प्रसारसमेत गर्दै आएको जनाएको छ।

यस वर्षको मेलामा बोत्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान, टर्की, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल लगायतका देशबाट २६० भन्दा बढी कलाकार सहभागी हुने निश्चित भएको छ। यद्यपि अन्तर्राष्ट्रिय उडानमा देखिएको समस्याका कारण केही देशको सहभागितामा परिवर्तन हुन सक्ने आयोजकले जनाएको छ।

मेलाको अवधिभर विभिन्न देशका कलाकारहरूले आ–आफ्नो मौलिक भेषभूषा सहित सांस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै लोक गीत, संगीत र नृत्य प्रदर्शन गर्नेछन्। साथै विदेशी कलाकारहरूले काठमाडौँ आसपासका विद्यालयमा पुगेर सांस्कृतिक प्रस्तुति दिने तथा विद्यार्थीहरूसँग सांस्कृतिक आदान–प्रदान गर्ने कार्यक्रमसमेत राखिएको छ।

आयोजकका अनुसार यस्तो सांस्कृतिक आदान–प्रदानले विशेषगरी युवा पुस्तामा आफ्नो मौलिक संस्कृति प्रति रुचि बढाउने र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। पाटन दरबार र हनुमानढोका दरबार क्षेत्रजस्ता विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूमा कार्यक्रम आयोजना गरिनु सांस्कृतिक धरोहर संरक्षणमा समेत सहयोगी हुने अपेक्षा गरिएको छ।

संस्थाले मेला सफल बनाउन सञ्चारमाध्यम तथा पत्रकारहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ। साथै कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै संघ–संस्था, स्वयंसेवक र शुभेच्छुकप्रति आयोजकले आभार व्यक्त गरेको छ।

भर्खरै प्रकाशित

your adv here