23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeविषेश समाचारगणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

गणेशको गीतसङ्ग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

गीतकार गणेश श्रेष्ठ ‘अपेक्षा’को गीतसङ्गग्रह ‘गीतसँग अपेक्षा’ र गीतिएल्वम ‘रहरका फूलहरू’ विमोचन गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा राजधानीमा शनिबार एक विशेष कार्यक्रमबीच दुवै कृति एकसाथ विमोचन गरिएको हो । गीतकार सङ्घका अध्यक्ष शुभ मुकारुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि डा. कृष्णहरि बराल, विश्व वल्लभ दीपक जंगम, बुलु मुकारुङ, प्रमोद ढुङगाना, रमेश पौडेल लगायतले कृतिहरूको विमोचन गर्नुभएको थियो । गीतिएल्वम ‘रहरका फूलहरू’मा दीपक जङ्गमको एकल सङ्गीत रहेको छ ।

गीतकार सङ्घका उपाध्यक्ष वसन्त वित्यासी थापाले स्वागत मन्त्वय राख्नु भएको कार्यक्रममा रमेश पौडेल, बुलु मुकारुङ, दीपक जङ्गमले शुभकामना मन्त्वय राख्नुभएको थियो । उहाँहरूले स्रष्टा गणेशका कार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि यस्ता सिर्जनाले निरन्तरता पाउन भन्दै शुभकामना दिनुभएको थियो । स्रष्टा श्रेष्ठले धन्यवाद ज्ञापनसहित आफ्ना कुरा राख्नुभएको थियो ।

कार्यक्रममा सङ्गीतकर्मी, कलाकर्मी, पत्रकार तथा परिवारजन एवम् शुभचिन्तकज्यूहरूको बाक्लो उपस्थिति थियो ।

स्रष्टा श्रेष्ठको पहिलो गीतिएल्वम् ‘बाटो हिँड्दा’ र पहिलो गीतसङग्रह ‘मनको आकाश’-२०७७ सार्वजनिक भएका थिए । गीतसङग्रह ‘मनको आकाश’ गीतकार सङ्घ नेपालको वर्ष गीत पुस्तक पुरस्कार २०७७ बाट समेत पुरस्कृत भएको थियो ।

भर्खरै प्रकाशित

your adv here