14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeराजनीतिआम मतदाताहरुले हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिनु पर्छ

आम मतदाताहरुले हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिनु पर्छ

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

-डा.डी.आर.उपाध्याय खनाल

काठमाडौं ।  आमनिर्वाचन २०७९ को माहोल तातिसकेको छ । नेताहरु चुनावी प्रक्रियामा लागी सकेका छन । तर आमजनतामा निर्वाचनप्रति खासै उत्साह भएको देखिएन । कारण के हो त ? आम जनता यति बेला निराश भएको अबस्था देखिन्छ । राजनीति गर्ने नेताहरुले जनतामाथि बेइमान गरिरहेका छन । त्यो कारणले पनि जनतामा उत्साह देखिएन । जनतामा निराश आउनु भनेको खतराको संकेत हो । अब राजनीतिक दलहरु इमान्दार नबन्ने हो भने समस्या पककै आउँछ ।

आज हामीले देखिरहेका छौं , नेताहरुमा चरम अवसरवाद छ । नेताहरु भ्रष्टाचारमा चुर्लुम डुबेका छन । बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । आज हामी देखिरहेका छौं, जनता किन निराश र वाक्क छन् ? लोकतन्त्रमा देश र जनता सम्पन्न हुनु पर्ने हो त्यो किन हुन सकेन ? कारण नेताहरु बेइमान भए अरु केही होइन । लोकतन्त्रको नाममा छाडातन्त्र चलेको छ । यसरी देश चल्दैन ।

जनताको बलमा आएको लोकतन्त्रमा राजनीतिक दल र तिनकै नेताहरू सबैभन्दा बढि छाडा भएका छन । आज देशमा जसले जे गरे पनि हुने यो अबस्था चिन्ताजनक छ । दल र नेताहरू बिचौलियाको जालोबाट नराम्ररी घेरिएका छन् । आज मुलुकको राष्ट्रियता धरापमा परेको छ । नेताहरूले आफनो स्वार्थका लागि राष्ट्रिय स्वार्थसमेत बिर्सन पुगेका छन् । यो मुलुकका लागि ठूलो दुरभाग्य हो । राजनीतिक दल र तिनका नेताहरु सच्चिने कुनै सुरसार नै गदैनन् । यस्तै अवस्थामा रहने हो भने हामी सकिन्छौं । शासन व्यवस्था मात्रै राम्रो भएर हुदैन, त्यसलाई सञ्चालन गर्नेहरू पनि राम्रा, इमानदार र कर्तव्यनिष्ट हुन जरुरी छ ।आम मतदाताहरुले हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिन सक्नु पर्छ ।

लोकतन्त्र प्रतिस्पर्धात्मक शासन व्यवस्था हो । तर, दलहरु मिलेर चुनाव लडन खोजिरहेका छन । यसले लोकतन्त्र बलियो बनाउन सकिदैन । कुनै सिद्धान्त, विचार र राजनीतिक मान्यता नै नमिल्ले राजनीतिक दलबीच गठबन्धन र तालमेल हुनु लोकतान्त्रिक पद्धतिविपरीतको कार्य हो । आज जुन किसमिका गतिबिधि भएका छन ति सबै लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउने खेल सुरु भएको छ । गठबन्धन वा तालमेल यी दुवै प्रतिस्पर्धात्मक व्यवस्था र लोकतान्त्रिक परिपाटीविपरीतका कार्य हुन् । दलहरु जसरी पनि सत्तामा जाने खेल खेलिरहेका छन ।

जनतामा भ्रम छर्केर दलहरु आफनो स्वार्थ पुर्ति गर्ने खेलमा छन यो कुरा जनताले आफै बुझन सक्नु पर्छ । आमनिर्वाचनमा टिकट वितरण गर्दा दलहरुमा बिवाद देखियो । टिकट वितरणको बिषयलाई लिएर सबै दलमा एक किसिमको असन्तुष्टि देखिएको छ । अहिले, पैसाको बिटो हेरेर टिकट दिइएको छ । नेतृत्वको चाकडी दलाली गर्नेहरू अधिकांशले टिकट पाएका छन् । इमानदारहरू नेताहरुले टिकट पाएका छैनन् । आमनागरिक महँगीको मारले थिचिएका छन । गठबन्धन र तालमेधारीलाई भोट हाल्नुभन्दा अघि धेरैपटक सोच्नुपर्ने बेला आएको छ । गठबन्धनधारी र तालमेलधारीलाई किन र केका लागि भोट हाल्ने ? अब प्रश्न गर्नु पर्ने बेला भएको छ । आमजनता समस्या नै समस्याले ग्रस्त भएका छन । नेताहरुमा सत्तामा गएर लुटतन्त्र मच्चाउने बाहेक अरु केही देखिएन ।

भर्खरै प्रकाशित

your adv here