17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनविश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । शनिबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता र एक पृथक् शैलीमा सिर्जना सार्वजनिक गर्नुभएको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ११० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गर्नुभएको गीति कविता र फरक शैलीको सिर्जनालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो ।

यसपटक उहाँले आफ्ना १५० ओटा गीत विश्वको नक्सा (ग्लोबल)मा सार्वजनिक गर्नुभएको हो भने फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । उहाँले सार्वजनिक गरेका गीति कवितामा संसारभरका ११५ वटा सांगीतिक पत्रिकाको नाम समेटिएको, अन्तरिक्षमा पाइला टेकेका विश्वका अन्तरिक्ष यात्रीको नामबाट, विश्वका सामाजिक बिदाको नाम समेटिएको, विश्वका सर्वाधिक बिक्री भएका म्युजिक एल्बमको, ग्रामी पुरस्कार विजेता कलाकारको नामबाट, विश्वका प्रचलित घण्टीहरूको नामले, विश्वका सुप्रसिद्ध कवि तथा गीतकारको नाम र तिनीहरूले सिर्जना गरेको विषय समेटिएको, युट्युबमा एक विलियनभन्दा माथि भ्युज भएका टाइटल समेटिएको, ग्रामी पुरस्कार विजेता जोडीको नाम समेटिएको, इन्स्ट्राग्राममा मोष्ट फलोअर्स भएका आर्टिष्ट र उनले गाएको वर्णन समेटेर, विश्वभर हजारौँ मिलियन यात्रुलाई यात्रा गराउन सफल ६८ एयरक्राफ्टको नाम समेटिएको, क्यान्सर लागेर बाँचेका प्रसिद्ध व्यक्तित्वको नामबाट र अंग्रेजी अक्षर ‘ए’ देखि ‘जेड’ सम्मको वर्णानुक्रम अनुसारको गीति कविता रहेका छन् । यस्ता शीर्षकका र विषयवस्तु समेटिएका गीति कविता यसअघि सार्वजनिक नभएको र यो पहिलोपल्ट भएको उहाँले दाबी गर्नुभयो । सो क्रममा उहाँले आफ्ना कविता वाचन गरेर सुनाउनुभएको थियो ।

यस्तै, उपस्थित सञ्चारकर्मीहरूले डा. उपाध्यायका विभिन्न विश्व रेकर्डका बारेमा जिज्ञासा राखेका थिए । डा. उपाध्यायले पत्रकारले राखेका जिज्ञासाको उत्तर दिँदै आफ्ना कार्य विश्वमा नेपाललाई चिनाउने रहेको जिकिर गर्नुभयो । उहाँल ६ महिना लगाएर यि गीति कविता तयार पारेको बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकार तुलसी गिरी ‘भावुक’, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद्’, मिलाप फाउण्डेशन अध्यक्ष तथा चलचित्र पत्रका संघ पूर्वउपाध्यक्ष गीता अधिकारी, निर्देशक माइकल चन्द, युथ क्रिएशनका रमेश थापा, गीतकार तथा निर्देशक गणेश सुवेदी, साहित्यक पत्रकार संघका अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चूडामणि देवकोटा, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापालगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले डा. उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने कार्य गरेको बताउनुभयो ।

शनिबार सार्वजनिक तेह्र फरक शैलीका गीति कवितालाई पनि उहाँले केही दिनमै विश्व रेकर्डमा समावेश गर्ने तयारीमा हुनुहुन्छ । गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने उहाँ पहिलो नेपाली सर्जक हुनुहुन्छ ।

कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौँ गीत श्रोता/दर्शकमाझ छन् । यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’ र ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ जस्ता १४ उपन्यास पाठकमाझ आएका छन् । उहाँले नयाँ उपन्यास पनि छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

your adv here