22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeमनोरन्जनफोटोपत्रकार प्रदीपराज वन्तलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कार

फोटोपत्रकार प्रदीपराज वन्तलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कार

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

१८ चैत्र, काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार दिउँसो रिपोर्टसर्् क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् । सगरमाथा आरोही स्व.बाबुछीरी सेर्पाको सम्झनाममा क्लवले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले उक्त पुरस्कार प्रदान गरेका हुुन् । पुरस्कारको राशी रू. २५ हजार रहेको छ । उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरीएको थियो ।

वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । जनदिशा दैनिकबाट २०६४ सालमा फोटोपत्रकारिता गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् । देशभरका फोटोपत्रकारहरुको साझा सस्था राष्ट्रिय फोटोत्रकार समूह एनएफपिजे नेपालका वन्त हाल अध्यक्ष समेत छन् । भने उनी फोटोपत्रकारिता तथा फोटोग्राफी तालिक प्रशिक्षकको रुपमा पनि काम गरी रहेका छन । राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन् ।

भर्खरै प्रकाशित

your adv here