20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनमेरीशा सुवाल मालाकारले हात पारिन ‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि

मेरीशा सुवाल मालाकारले हात पारिन ‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सातौँ संस्करणको ‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि काठमाडौंकी क्षेत्रपाटी, धोबिचौरकी मेरीशा सुवाल मालाकारले हात पारेकी छिन ।

एएनपी मिडियाद्वारा आयोजित समरोहमा महिला सशक्तिकरणलाई कसरी वर्णन गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मेरीसाले शिर्ष उपाधि जित्न सफल भएकी हुन । उनले उपाधीसंगै मस्ट पपुलर, बेस्ट डान्स र मस्ट पङ्चुअल अवार्डसमेत जितेकी छन । साथै बिजेताले शिर्ष ताजसंगै नगद रु पचास हजारसहित आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गरीन ।

सुमी बानियाँको कोरियोग्राफी तथा रोजिन शाक्यको संचालनमा सम्पन्न प्रतियोगितामा गायिका सत्यकला राई, राष्ट्रिय तथा अन्तराष्ट्रिय नृत्यकार सीता सुवेदी र मोडल तथा संचारकर्मी अरुणा सुवेदी निर्णायक रहेका थिए । प्रतियोगिताको संयोजक शम्भु प्रसाद रेग्मी तथा इभेन्ट मेनेजर लबिश कुमार कार्कीको मेनेजमेन्टमा सम्पन्न प्रतियोगितामा पारु पौडेल्ले फर्स्ट रनर अपको उपाधीसंगै बेस्ट पर्सनालिटी अवार्ड हात पार्दा निर्मला मण्डल कपर सेकेन्ड रनर अप घोषित भईन। साथै मस्ट डिसिप्लेन तर्फको अवार्डसमेत आफ्नो बनाउन सफल रहिन।

त्यस्तै बिधागततर्फ भने रुपा जङ्गम राणाले पब्लिक चोईस, मोष्ट डिजर्भिङ्ग र मेनेजमेन्ट चोईस, स्वस्तीका कुँवरले मिसेस क्याटवाक र मिसेस व्यटिफूल, गीता श्री थापाले मिसेस ट्यालेन्ट र मल्टी मिडिया चोइस, सुस्मिता सिटौलाले मस्ट फोटोजेनिक र बेस्ट आर्टवर्क, ज्योति पौडेलले बेस्ट स्पीच, मुना भुर्तेलले मस्ट फ्रेन्ड्ली र मस्ट चार्मीङ्ग, अम्बीका रघुबँशीले मस्ट कृयटिभ(कूकिङ्ग) र सुनिता वाइबा तामाङ्गले मस्ट डेडिकेटेड अवार्ड हात पार्न सफल रहे।

बिवाहित महिलाहरुको अन्तर्निहीत प्रतिभा उजागर गर्ने तथा सौन्दर्य क्षेत्रमा पदार्पणगर्ने हेतु हरेक वर्ष मिसेस नेपाल आईकनको आयोजना गर्दै आएको आयोजक संस्थाका प्रबन्ध निर्देशक लब बहादर कार्कीले जनाए ।

भर्खरै प्रकाशित

your adv here