23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeप्रवाससमाजसेवी सुवेदी दम्पतीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

समाजसेवी सुवेदी दम्पतीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

ललितपुर । समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले ललितपुर जिल्ला स्थित सुनाकोठीमा रहेका रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ ।

सन् २०१२ देखि आफ्नो देश वर्माबाट लखेटिएर बंगलादेश र भारत हुदै नेपाल पसेका रोहिंग्या मुश्लिम शरणार्थीहरु रहेको सुनाकोठीका शिविरमा आश्रित २०० परिवारलाई चामल,दाल,तेल,नून,चाउचाउ,चिउरा लगायत खाद्यान्न सामाग्री वितरण गरिएको समन्वयकर्ता तथा अभिनेता संजित भण्डारीले जानकारी दिए ।

२ रोपनी भन्दा वढि जग्गा ५ वर्षका लागि लिजमा लिएर आवासको व्यबस्था गरेपनि त्यहां आश्रित शरणार्थीहरुको जिवनस्तर निकै दयनिय अवस्थाका कारण उनीहरुलाई हालका लागि खाद्यान्न सामाग्रीहरु वितरण गरिएको अमेरिकी निवासी समाजसेवीद्वय कमल सुब्वा र कमल पोखरेलले बताए ।

उक्त राहत सामाग्री वितरण कार्यक्रममा उपस्थिती व्यक्तित्वहरु निर्देशक माधवराज खरेल,गीतकार सामना शाह, संचारकर्मी तथा सौन्दर्यविद मनिषा जिसी र समाजसेवी डुका कटेलले विदेशी भूमिमा रहेर पनि नेपालका विभिन्न स्थानमा पिडामा परेका मानिसहरुका आवश्यकता अनुसार सहयोगहरु प्रदान गर्दै समाजसेवामा सक्रिय रहेका समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए ।

हाल अमेरिका वस्दै आएक सुवेदी दम्पतीले यस अघि पनि पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि आर्थिक सहयोग देखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण देखि मेलम्ची वाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आईरहेका थिए ।
नेपालमा भैरहने दैवि प्रकोपबाट पिडित भएकाहरुलाई तत्तकालै राहत पुर्याउनका लागि निरन्तर लागि पर्दै आएका अमेरिका निवासी समाजसेवी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निशूल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आईरहेका छन ।

झापाकै बाहुनडांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन । ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।

भर्खरै प्रकाशित

your adv here