24.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeप्रवाससमाजसेवी सुवेदी दम्पतीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

समाजसेवी सुवेदी दम्पतीद्वारा रोहिंग्या शरणार्थीहरुका लागि खाद्यान्न वितरण

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

ललितपुर । समाजसेवी दम्पती मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले ललितपुर जिल्ला स्थित सुनाकोठीमा रहेका रोहिंग्या मुश्लिम शरणार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ ।

सन् २०१२ देखि आफ्नो देश वर्माबाट लखेटिएर बंगलादेश र भारत हुदै नेपाल पसेका रोहिंग्या मुश्लिम शरणार्थीहरु रहेको सुनाकोठीका शिविरमा आश्रित २०० परिवारलाई चामल,दाल,तेल,नून,चाउचाउ,चिउरा लगायत खाद्यान्न सामाग्री वितरण गरिएको समन्वयकर्ता तथा अभिनेता संजित भण्डारीले जानकारी दिए ।

२ रोपनी भन्दा वढि जग्गा ५ वर्षका लागि लिजमा लिएर आवासको व्यबस्था गरेपनि त्यहां आश्रित शरणार्थीहरुको जिवनस्तर निकै दयनिय अवस्थाका कारण उनीहरुलाई हालका लागि खाद्यान्न सामाग्रीहरु वितरण गरिएको अमेरिकी निवासी समाजसेवीद्वय कमल सुब्वा र कमल पोखरेलले बताए ।

उक्त राहत सामाग्री वितरण कार्यक्रममा उपस्थिती व्यक्तित्वहरु निर्देशक माधवराज खरेल,गीतकार सामना शाह, संचारकर्मी तथा सौन्दर्यविद मनिषा जिसी र समाजसेवी डुका कटेलले विदेशी भूमिमा रहेर पनि नेपालका विभिन्न स्थानमा पिडामा परेका मानिसहरुका आवश्यकता अनुसार सहयोगहरु प्रदान गर्दै समाजसेवामा सक्रिय रहेका समाजसेवी सुवेदी दम्पतीलाई धन्यवाद दिएका थिए ।

हाल अमेरिका वस्दै आएक सुवेदी दम्पतीले यस अघि पनि पर्सा जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका थिए भने स्नेही काखलाई भवन निर्माणका लागि आर्थिक सहयोग देखि लकडाउनको समयमा देशका विभिन्न स्थानमा दैनिक खाना वितरण देखि मेलम्ची वाढी पिडितका लागि आवश्यक सहयोग गर्दै आईरहेका थिए ।
नेपालमा भैरहने दैवि प्रकोपबाट पिडित भएकाहरुलाई तत्तकालै राहत पुर्याउनका लागि निरन्तर लागि पर्दै आएका अमेरिका निवासी समाजसेवी दम्पतीले झापा जिल्लाका विभिन्न स्थानमा निशूल्क स्वास्थ्य शिविर समेत संचालन गर्दै आईरहेका छन ।

झापाकै बाहुनडांगी शिविरका अपाङ्ग भई जिविकोपार्जन गर्न नसकेकाहरुलाई मासिक एक लाख विस हजार सहयोग प्रदान गर्दै आईरहेका छन । ईन्ट्रा नेशनल वेलफेयर एण्ड सर्पोट फाउण्डेसन अफ अमेरिकाका संस्थापक सिएफओ समेत रहेका सुवेदीले सो संस्थाबाट करोडौं वरावरको विभिन्न राहत सामाग्री नेपालका विभिन्न स्थानमा वितरण गर्दै आईरहेको छ ।

भर्खरै प्रकाशित

your adv here