25.7 C
Kathmandu
Thursday, April 16, 2026
Homeअवार्डसिजन मिडियाको १५ औँ स्थापना दिवसमा एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड

सिजन मिडियाको १५ औँ स्थापना दिवसमा एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौँ – सिजन मिडिया आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । शुक्रबार स्थापना दिवसको अवसरमा होटल हिमालयन कुपन्डोलमा एशियाली देशका सफल व्यवसायीक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड वितरण कार्यक्रम आयोजना सम्पर्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख अािथि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष अतिथि  शहरी विकास मन्त्री सीता गुरुङ, विभिन्न दलका सांसदहरु गणेश पराजुली,रामहरि खतिवडा,राजेन्द्र पाण्डे,हितराज पाण्डे, एकनाथ ढकाल साथै व्यवसायीहरु एफएनसिसिआइका अध्यक्ष चन्द्र ढकाल, सिएनआइका अध्यक्ष राजेश अग्रवाल, पन्चकन्या गु्रपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ लगायत अन्य व्यवसायीक व्यतित्वहरुको उपस्थिति रहेको थियो ।

सिजन मिडिया प्रालिको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘एशियन प्राफेसनल एचिभ्मेन्ट अवार्ड २०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारकोतर्फबाट मैले पटकपटक भन्दै आएको छु, खेलकुद, साहित्य र कलाको क्षेत्र सामाजिक क्षेत्र राष्ट्रिय एकताका सबैभन्दा महत्वपूर्ण आयाम हुन, यिनीहरुका माध्यमबाट सिङ्गो देशलाई एकताबद्ध गर्न सकिन्छ।’

प्रधानमन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता प्रवद्र्धन गर्ने क्षेत्रका रुपमा विकास गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सिजन मिडियाले व्यावसायिक, शैक्षिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान तथा अवार्ड वितरण गर्दै आएको जानकारी पाउँदा प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरे । ‘यस्ता कार्यक्रमले सामाजिक जीवनका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिलाई उत्प्रेरित प्रदान गर्ने र देशभित्र व्यावसायिक वातावरण निर्माण गर्न, देशको पर्यटन प्रवद्र्धन गर्न तथा सामाजिक हितका पक्षमा अग्रसर हुन महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु’, उनले भने ।

कार्यक्रममा आइकोनीक मुभी पर्सनालिटी अवाड वरिष्ठ फिल्मी कलाकार निर विक्रम साह, आइकोनीक हेल्थ प्रोफेशनल अवाड डा.भगवान कोइराला, आइकोनीक सेफ अवार्ड सेफ सन्तोष शाह, वैङ्किङ सिइओ अफ दि इयर वैकर किरण कुमार श्रेष्ठ, टुरीजम लिडर अवार्ड सुमन पाष्डे, आइकोनीक एभियसन प्रर्सनालिटी अवार्ड क्याप्टेन विजय लामा, उत्कृष्ट मिडिया प्रर्सनालिटी अवार्ड वरिष्ठ पत्रकार सम्भू श्रेष्ठ ,उत्कृष्ट महिला उद्यमी अवार्ड श्रीमती विदुशी राणा ,भर्सटायल सिङ्गर आनन्द कार्की ,उत्कृष्ट हस्पिटालीटि सर्भिस अवार्ड अभिशेक विक्रम शाह,उद्यमशीलता उत्कृष्ट अवार्ड वद्रि खनाल ,उत्कृष्ट युवा उद्यमी अवार्ड करण चौधरी,उत्कृष्ट पत्रकारीता अवार्ड सविन धमला,उत्कृष्ट भिडियोपत्रकारीता अवार्ड असोक वस्नेत,युवा उद्यमी अवार्ड सागर ढकाल, मिडिया पर्सनालिटी अवार्ड गिता श्रद्धा अर्यालले लाई सम्माननीय प्रधाममन्त्री पुष्पकमल दहाल प्रचण्डको हातवाट प्रदान गरीएको थियो भने प्रमाणपत्र माननीय मन्त्री सीता गुरुङले प्रदान गर्नु भएको थियो ।

नेपालवाट विदेशमा गई आफुलाई व्यवसायीको रुपमा स्थापीत गराई व्यवसायीहरुपमा सफलता हासिल गर्नु भएका नेपालीहरुलाई पनि अवार्ड प्रदान गरीएको थियो जसमा कतारका डायसपोरा विजनेश अवार्डवाट राजेन्द्र कुमार सर्मा आरके , जलविद्युत उद्यमी अवार्ड मलेसियाका खगेन्द्र न्यापाने,प्रभावशाली युवा उद्यमी अवार्ड अस्टेलीयाका स्वतन्त्रप्रताप शाह , युथ लिडरसिप अचिभर्स अवार्ड जापानका यूवा व्यवसायी सुलन थापालाई हस्तान्तरण गरीएको थियो ।

सिजन मिडियाले एसियन मुलुकका विभिन्न व्यवसायीक व्यक्तिवहरुलाई पनि नेपालमा निमन्त्रर्णा गरी विभिन्न विधामा अवार्ड वितरण गरेको यियो । अन्तर्राष्ट्रिय विज्ञ अवार्ड डा.नेहाल मयूर भारत , मिडिया प्रोफेसनल एक्सिलेन्स अवार्ड रथचाफोल सुवानचोट थाइल्याण्ड, र यू क्याव मायो मिन म्यान्मार लाई प्रदान गरीएको थियो , उत्कृष्ट शान्ति र मानवीय सेवा अवार्ड सोमचाई चत्री थाइल्याण्ड , ड्रामा फर सोसियल एक्सिलेन्स अवाड जुल्पकावत श्रीसुवुन थाइल्याण्ड, उत्कृष्ट मिडिया प्रोफेसनल अवाड होउ झिहोङ चीन, उत्कृष्ट अन्तर्राष्ट्रिय व्यावसायिक प्रशिक्षक डा.स्टीवन खाव मलेशिया मिडिया प्रोफेसनल एक्सिलेन्स अवार्ड फैजल रजा खान पाकिस्तान सामाजिक कार्यकर्ता पुरस्कार श्रीमति सोक्चान लुन कम्बोडियन लाई प्रदान गरीएको थियो ।

भर्खरै प्रकाशित

your adv here