9.1 C
Kathmandu
Friday, December 5, 2025
Homeभिडियोरमेश पाठक र बिनोद बीसीको‘देउसी भैली’ गीत सार्वजनिक

रमेश पाठक र बिनोद बीसीको‘देउसी भैली’ गीत सार्वजनिक

Date:

सम्बन्धित खबर

८औैं ग्लोबल नेपाली फिल्म अवार्ड- २०२५ को तयारी पूरा

अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा आगामी नोभेम्बर २३, २०२५...

रक्षा पन्तलाई मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि

राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भव्य रुपमा सम्पन्न अन्तिम...

छैटौं जिनियस म्युजिक अवार्ड एण्ड जिनियस अचिभमेन्ट अवार्ड सम्पन्न

छैटौं संस्रकणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ ।...

स्थगित “जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१” कार्तिक २६ मा

काठमाडौं — नेपाली कला, संस्कृति र संगीत क्षेत्रको विकास,...
spot_img

काठमाडौं, २५ कात्तिक । लोकप्रिय गायक तथा सर्जक रमेश पाठक र बिनोद बि.सीको साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत रमेश पाठक, बिनोद बिसीकै रहेको छ भने स्वर पनि रमेश पाठक बिनोद बि.सी. र बेनीसा पौडेलको रहेको छ । यस गीतको छाँयाकन तथा सम्पादन ओम प्रसाइँले गरेका छन् ।

टेक लामाले निर्देशन गरेको योे गीतमा कृष्ण रसाल, शिला गजुरेल, रीता सानु,रिहान शंखर लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । बद्लिदो परिस्थिती र अनेकौं नयाँ परम्परा भित्रिदै गर्दा आधुनिक जमानाको परिवेशलाई चिर्दै आफ्नो रीती रिवाज र परम्परा बचाउने उदेश्यले यो गीत रचना भएको छ । गीतको मिक्सिङ÷मास्टरीङ नरेन्द्र वियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।
यसै बर्ष मात्र रमेश पाठकको मायााकै पिर, तिमी नै तिमी,सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौंनि लगाएतका गीत सार्वजकि भैसकेका छन् । साथै, बिनोद बि.सीको गुलाबको फुल, पच्पन्न झ्याले दरबार, लाको हैन गफ, ब्वाइफ्रेन्ड चाहियो मलाइ ,मायाको पछ्यौरी लगाएतका गीत सिर्जना भैसकेका छन् ।

भर्खरै प्रकाशित

your adv here