17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeशिक्षासामुदायिक शैक्षिक सुधारका लागि काठमाण्डौ महानगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

सामुदायिक शैक्षिक सुधारका लागि काठमाण्डौ महानगर र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले काठमाडौं विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य भएको महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताएका छन् ।

विभागका प्रमुख कोइराला र विश्वविद्यालयको शिक्षा विभागका डीन प्राडा बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताबमोजिम महानगरपालिकाले गएको वैशाखदेखि लागू गरेको शिक्षामा सीप, पुस्तकरहित शुक्रवार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सीप विकास कार्यक्रम, शिक्षण सुधार, प्रारम्भिक वाल विकास कक्षाको स्तरोन्नतिमा सहकार्य हुने छ ।

अहिले महानगरपालिकाका ८९ सामुदायिक विद्यालयमा दुई हजार २ सय २ जना शिक्षकले अध्यापन गर्छन् । विभागका प्रमुख कोइरालाले सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम क्रमशः कार्यान्वयन गरिने बताएका छन् । महानगरपालिकाले ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यान्वयन गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

भर्खरै प्रकाशित

your adv here