17.1 C
Kathmandu
Sunday, February 1, 2026
HomeUncategorizedफिल्म ‘नम्बरी सुन’ को नयाँ गीतको (भिडियो) सार्वजनिक,फिल्म माघ १९ गतेदेखि प्रदर्शन...

फिल्म ‘नम्बरी सुन’ को नयाँ गीतको (भिडियो) सार्वजनिक,फिल्म माघ १९ गतेदेखि प्रदर्शन हुँदै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत सार्वजनिक भएको छ।

आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्ममा समावेश‘तिमी बर म पीपल’बोलको गीत सार्वजनिक गरिएको हो। प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन्। गीतको भिडिओलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन्।

फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ।

फिल्ममा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन्। फिल्मलाई जिजिए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ।

यो फिल्म माघ १९ गतेदेखि प्रदर्शन हुँदैछ।

भर्खरै प्रकाशित

your adv here