15.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeअन्तरराष्ट्रियअमेरिकी अभिनेता भिन डिजेलमाथि यौन दूरव्यवहारको मुद्दा

अमेरिकी अभिनेता भिन डिजेलमाथि यौन दूरव्यवहारको मुद्दा

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

अमेरिकी अभिनेता भिन डिजेलमाथि एक जना पूर्व सहायकले यौन दूरव्यवहारको आरोप लगाएकी छिन् । फाष्ट फाइभको सुटिङको बेलामा सन् २०१० मा अभिनेताले आफूलाई यौन दूरव्यवहार गरेको भन्दै डिजेलको पूर्व व्यक्तिगत सहायक एस्टा जोनासोनले उनीमाथि मुद्दा हालेकी छिन् ।

अभिनेताले गलत तरिकाले आफूसँगको करार रद्द गरेको मामिलामा पनि उनले मुद्दा हालेकी छिन् । आफूमाथि दूरव्यवहार गरेको केही घण्टाभित्रै डिजेलको कम्पनीले आफूलाई कामबाट निकालेको उनको भनाई छ । मुद्दा बिहीबार लस एञ्जलसमा दायर भएको छ । यो घटना फाष्ट फाइभको शूटको दौरान अटलान्टाको सेन्ट रेगिज होटेलमा भएको बताइएको छ ।

यो घटनाको केही घण्टाभित्रै डिजेलकी बहिनी सामन्था भिन्सेन्टले फोन गरेर आफूलाई कामबाट निकालेको जोनासोनको भनाई छ । भिन्सेन्टले दाजुको प्रडक्शन कम्पनी वन रेस फिल्म्स चलाउँथिन् । जोनासोनले भिन्सेन्ट र वन रेस फिल्म्स माथि पनि मुद्दा हाल्ने भएकी छिन् । आफ्नो यौन इच्छा पूरा गरेपछि उनको लागि उपयोगी नभएकोले डिजेलले आफूलाई कामबाट निकालेको उनले मुद्दामा भनेकी छिन् ।

यो घटनापछि जोनासोनले निरीह महसुस गरेको, आत्म सम्मान धुँजाधुँजा भएको, आफ्नो खुबीमाथि शङ्का लागेको अनि सफल करियरको लागि आफ्नै देहको व्यापार गर्नु पर्ने हो र रु भन्ने प्रश्न मनमा उब्जिएको पनि मुद्दामा भनिएको छ । मुद्दामा लैङ्गिक विभेद, अवैध प्रतिशोध, भावनात्मक सङ्कटको दाबी पनि गरिएको छ ।

यो आरोपको भिन डिजेलले खण्डन गरेको बताइएको छ । भिन डिजेल फाष्ट एन्ड फ्युरिएस फ्रेन्चाइजीबाहेक ग्यालेक्सी, ट्रिपल एक्स र रिडिक्क फिल्मका लागि पनि चर्चित छन् । उनी हलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्दछ ।

भर्खरै प्रकाशित

your adv here