20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदपोखरासँग धनगढीको बराबरी, क्वालिफायर खेल्न अरू खेलको नतिजा कुर्नुपर्ने

पोखरासँग धनगढीको बराबरी, क्वालिफायर खेल्न अरू खेलको नतिजा कुर्नुपर्ने

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

पोखरा थन्डर्स शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायरमा पुगेको छ ।

आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखराले धनगढी एफसीसँग १–१ गोलको बराबरी खेल्यो । धनगढीका मिलन राईले खेलको ४२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर धनगढीले अग्रता जोगाउन सकेन । खेलको इन्ज्युरी समयमा पोखराका मोसेस ग्याबाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

यो बराबरीसँगै पोखराले ८ खेलमा १५ अङ्क जोडेको छ । धनगढी ८ खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा छ । धनगढीले उपविजेता बन्दै क्वालिफायर खेल्ने सम्भावना छ तर उसले अरू खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । ललितपुर सिटी एफसी, झापा एफसी, काठमाण्डौ रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसी मध्येका २ वटा टोली प्लेअफको दौडमा छन् ।

एनएसएलमा तालिकाको शीर्ष २ वटा टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा हार्ने टोलीले तालिकाको तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने मौका पाउने छ ।

भर्खरै प्रकाशित

your adv here