17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रफेब्रुअरी ९ बाट जापान र कोरियामा दयाहाङको ‘हात्तीछाप’ रिलिज हुने

फेब्रुअरी ९ बाट जापान र कोरियामा दयाहाङको ‘हात्तीछाप’ रिलिज हुने

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतीक्षा गरेका फिल्महरूले विदेशी बजारबाट राम्रो रकम भित्र्याउन सफल भएका छन् ।

यस्तैमा माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हात्तीछाप’ दर्शकको प्रतीक्षित सूचिमा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली फिल्मको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ ।

यसैबिच यो फिल्म फेब्रुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज हुने भएको छ । फिल्मको रिलिज सहित जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको हो । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । ‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहनुभएको छ । यसले हामीलाई अझै उत्साहित बनाएको छ’ टिम यूएनएका प्रबन्ध निर्देशक उज्वल गुरागाँइले भने ।

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

भर्खरै प्रकाशित

your adv here