14.1 C
Kathmandu
Tuesday, October 27, 2026
Homeअवार्डनविना केसी एनडिए नृत्य निर्देशक अवार्डबाट सम्मानित

नविना केसी एनडिए नृत्य निर्देशक अवार्डबाट सम्मानित

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

काठमाडौ,पौष २३ – प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८० बाट सशस्त्र प्रहरी बलकी नविना केसि सम्मानित भएकी छिन्। राई जातीको लोक नृत्य निर्देशक विधा अन्तर्गत उत्कृष्ट नृत्य निर्देशकमा केसी समानित भएकी हुन्।

लामो समय देखि मोडलिङमा सकृय रहेकी केसिको सुवास पौडेलको संगित तथा स्वर रहेको “एकादेशमा” प्रीन्स सिलवालको जनचेतनामुलक”ट्राफिक हाम्रै साथी” लगायतको गितमा अभिनय रहेको छ।

भिडियो :

नेपालमा पहिलो पटक नृत्य निर्देशकहरुको सो अवार्ड कार्यक्रममा नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो।

सशस्त्र प्रहरी बलकी नविना केसी एनडिए नृत्य निर्देशक अवार्डबाट सम्मानित 1

एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षता रहेको सो कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नृत्य विधा अन्तर्गत २४ अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथी थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउन गरिएको यस किसिमको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरेका थिए ।

थापाले अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै राज्यले गर्नुपर्ने काम एनडिएले गरेकोमा हार्दिकताका साथ धन्यवाद दिदै नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा चलचित्र नृत्य निर्देशक कमल राइ, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक डा. आरसी कोइराला ‘रामचन्द्र’,वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here