18.1 C
Kathmandu
Saturday, May 30, 2026
Homeअवार्डनविना केसी एनडिए नृत्य निर्देशक अवार्डबाट सम्मानित

नविना केसी एनडिए नृत्य निर्देशक अवार्डबाट सम्मानित

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौ,पौष २३ – प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८० बाट सशस्त्र प्रहरी बलकी नविना केसि सम्मानित भएकी छिन्। राई जातीको लोक नृत्य निर्देशक विधा अन्तर्गत उत्कृष्ट नृत्य निर्देशकमा केसी समानित भएकी हुन्।

लामो समय देखि मोडलिङमा सकृय रहेकी केसिको सुवास पौडेलको संगित तथा स्वर रहेको “एकादेशमा” प्रीन्स सिलवालको जनचेतनामुलक”ट्राफिक हाम्रै साथी” लगायतको गितमा अभिनय रहेको छ।

भिडियो :

नेपालमा पहिलो पटक नृत्य निर्देशकहरुको सो अवार्ड कार्यक्रममा नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो।

सशस्त्र प्रहरी बलकी नविना केसी एनडिए नृत्य निर्देशक अवार्डबाट सम्मानित 1

एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षता रहेको सो कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय नाचघर जमलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नृत्य विधा अन्तर्गत २४ अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथी थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउन गरिएको यस किसिमको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरेका थिए ।

थापाले अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै राज्यले गर्नुपर्ने काम एनडिएले गरेकोमा हार्दिकताका साथ धन्यवाद दिदै नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा चलचित्र नृत्य निर्देशक कमल राइ, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक डा. आरसी कोइराला ‘रामचन्द्र’,वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here