19.5 C
Kathmandu
Sunday, March 23, 2025
Homeसमाचारफिल्महास्य कलाकार शिवहरि पौडेलको ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्देशन गर्दै

हास्य कलाकार शिवहरि पौडेलको ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्देशन गर्दै

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

पछिल्लो समय हास्य सिरियलको बाढी आएको छ । यस्तैमा हास्य सिरियल ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्माण हुने भएको छ । सिरियलको निर्देशक हास्य कलाकार शिवहरि पौडेल हुन् ।

आमा बङ्गलामुखी फिल्म प्रालिको प्रस्तुति रहने सिरियलको लेखन समेत निर्देशक पौडेलकै रहनेछ । निर्देशक पौडेल र कलाकार खेम शर्माको मुख्य भूमिका रहने सिरियलमा अन्य कलाकार भने नयाँ रहनेछन् । सिरियलको विषयवस्तु समसामयिक र राजनीतिक हुनेछ ।

‘अहिले प्राय सिरियलमा कलाकार दोहोरी रहेका छन्’, पौडेलले भने– ‘केही नयाँ स्वाद दिनुपर्छ भनेर म नयाँ कलाकार लिँदैछु ।’ कलाकार मात्र नभएर विषयवस्तु समेत नौलो तरिकाले प्रस्तुत गर्ने पौडेलले सुनाए ।

शिवहरिले यस अगाडि ‘कुरापाति कलबहादुर काका’ नामको सिरियल बनाएका थिए । नेपाल टेलिभिजनको हास्य शृङ्खला ‘जिरे खुर्सानी’ सर्वत्र चिनिएका शिवहरिले केही अगाडि फिल्म ‘लक्का जवान’ निर्देशन गरेका थिए ।

कमेडी जनरामा सामाजिक विषयवस्तुमा बनेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलीप रायमाझी, प्रियङ्का कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, स्व।जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय थियो ।

 

भर्खरै प्रकाशित

your adv here