17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारफिल्महास्य कलाकार शिवहरि पौडेलको ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्देशन गर्दै

हास्य कलाकार शिवहरि पौडेलको ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्देशन गर्दै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

पछिल्लो समय हास्य सिरियलको बाढी आएको छ । यस्तैमा हास्य सिरियल ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ निर्माण हुने भएको छ । सिरियलको निर्देशक हास्य कलाकार शिवहरि पौडेल हुन् ।

आमा बङ्गलामुखी फिल्म प्रालिको प्रस्तुति रहने सिरियलको लेखन समेत निर्देशक पौडेलकै रहनेछ । निर्देशक पौडेल र कलाकार खेम शर्माको मुख्य भूमिका रहने सिरियलमा अन्य कलाकार भने नयाँ रहनेछन् । सिरियलको विषयवस्तु समसामयिक र राजनीतिक हुनेछ ।

‘अहिले प्राय सिरियलमा कलाकार दोहोरी रहेका छन्’, पौडेलले भने– ‘केही नयाँ स्वाद दिनुपर्छ भनेर म नयाँ कलाकार लिँदैछु ।’ कलाकार मात्र नभएर विषयवस्तु समेत नौलो तरिकाले प्रस्तुत गर्ने पौडेलले सुनाए ।

शिवहरिले यस अगाडि ‘कुरापाति कलबहादुर काका’ नामको सिरियल बनाएका थिए । नेपाल टेलिभिजनको हास्य शृङ्खला ‘जिरे खुर्सानी’ सर्वत्र चिनिएका शिवहरिले केही अगाडि फिल्म ‘लक्का जवान’ निर्देशन गरेका थिए ।

कमेडी जनरामा सामाजिक विषयवस्तुमा बनेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरि पौडेल, दिलीप रायमाझी, प्रियङ्का कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, स्व।जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय थियो ।

 

भर्खरै प्रकाशित

your adv here