20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रयस्तो देखियो विपिनको ‘ऊनको स्वीटर’

यस्तो देखियो विपिनको ‘ऊनको स्वीटर’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

थुप्रै म्युजिकल फिल्म निर्माण गरेर लोकप्रियता हासिल गरेको आर्टमाण्डुले केही अगाडि निर्माण घोषणा गरेको फिल्म हो ‘ऊनको स्वीटर’ । विपिन कार्की र मिरुना लिसरा मगरको मुख्य भुमिका रहने फिल्मको फर्स्टलुक सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको छायाङ्कन अगाडि फर्स्टलुक ल्याएको हो ।

सार्वजनिक फर्स्टलुकमा ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र परम्परागत पहिरनमा मिरुना लिसरा मगर देखिएका छन् । फिल्म नवीन चौहानले निर्देशन गर्न लागेका हुन् । आर्टमाण्डुले पहिलो पटक फिचर फिल्म निर्माण गर्न लागेको हो ।

फिल्ममा विपिन र मिरुना लिसराको अलवा एलेक्स विश्वकर्मा, मिलन खत्री र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ । आगामी दसैँमा रिलिज हुने बताइएको फिल्म इलाम र पाँचथरमा छायाङ्कन हुनेछ । निर्माण युनिट फिल्मको छायाङ्कनमा छिट्टै निस्कने तयारी गर्दैछ ।

भर्खरै प्रकाशित

your adv here