18.8 C
Kathmandu
Friday, April 17, 2026
Homeमनोरन्जनगिनिज वल्र्ड रेकर्डमा नाम लेखे संचारकर्मी लुईटेलले,राष्ट्रपतिले गरे सम्मान

गिनिज वल्र्ड रेकर्डमा नाम लेखे संचारकर्मी लुईटेलले,राष्ट्रपतिले गरे सम्मान

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं – विश्वकिर्तिमानी राजेन्द्र लुईटेल सम्मनित भएका छन् । विश्वकै सर्वाधिक उचाईमा म्यूजिक भिडियो निर्माण गरेर किर्तिमान कायम गरेका लुइटेललाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका हुन्  । राष्ट्रपति पौडेलले विश्वकिर्तिमान कायम गर्ने लुईटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङ्गको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको स्क्रिप्ट डाक्टर डिआर उपाध्यायले लेखेका हुन् । सन्तोष श्रेष्ठ र सागर अधिकारी शरदको संगीतमा रहेको उक्त भिडियोमा पुष्प खड्का तथा श्रद्धा क्षेत्रीको अभिनय रहेको छ । भिडियोलाई माईकल चन्दले निर्देशन गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विविध कष्टका बाबजुद पनि आफ्नो लक्ष्यमा पुगेर कीर्तिमान कायम गरेकोमा बधाई तथा शुभकामना दिए । ‘विभिन्न कष्ट, दुःख पाएर पनि आफ्नो लक्ष्यमा पुग्नुभयो, यो प्रशंसनीय कार्यका लागि बधाई तथा शुभकामना दिन चाहन्छु,’ उनले भने । राष्ट्रपति पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूले कायम गरेको यस्ता कीर्तिमानले राष्ट्रको नै गौरव बढाउने बताए ।  संचारकर्मी समेत रहेका लुईटेलले यस अघि २०२१ मा पनि तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट गिनिज अफ वल्र्ड रेकर्डबाट सम्मान प्राप्त गरिसकेका छन् ।

भारतको प्रतिष्ठित दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड, युरोपियन वल्र्ड रेकर्ड, अमेरिका बुक अफ रेकर्ड,युरोपियन रेकर्डस बुक, द ब्रिटिश वल्र्ड रेकर्ड,महात्मा गान्धि ईन्टरनेशनल अवार्ड,ग्लोबल ईन्टरनेशनल अवार्ड,डा. एपिजे अब्दुल कलाम सेवा सम्मान २०२२, एमएसएन एक्सिलेन्सी अवार्ड, ब्रिलियन्ट इकोस्टार अवार्ड, डव्लुएसी बुक अफ रेकर्ड लगायत एक दर्जन वढी प्रतिष्ठित अन्तराष्टि«य अवार्ड तथा सम्मान प्राप्त गरिसकेका लुईटेलले राष्टियस्तरका सयौं संघ संस्थाबाट सम्मान प्राप्त गरिसकेका छन् ।

कार्यक्रम व्यबस्थापन संघका उपाध्यक्ष समेत रहेका लुईटेल भारत लगायत दुवई, अजरवैजान, ईजिप्ट, थाईलैण्ड, कतारमा समेत सम्मानित भइसकेका छन् । एक दशक भन्दा लामो समयदेखि संचारकर्ममा सक्रिय लुईटेल भिडियोमा अभिनय हुदै निर्माणमा सक्रिय छन् ।

भर्खरै प्रकाशित

your adv here