20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeविषेश समाचारविश्वकीर्तिमानी डा. डीआरद्वारा थप २० विश्व रेकर्ड कायम,विश्व कीर्तिमानको संख्या १५३ पुग्यो

विश्वकीर्तिमानी डा. डीआरद्वारा थप २० विश्व रेकर्ड कायम,विश्व कीर्तिमानको संख्या १५३ पुग्यो

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । यसअघि गीत संगीत तथा विविध विधामा १३३ विश्व कीर्तिमान कायम गर्नुभएका विश्वकीर्तिमानी डा. डीआर उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुर्‍याउनु भएकोछ । उहाँका थप २० विश्व कीर्तिमान बिहीबार काठमाडौंमा एक विशेष समारोहबीचसार्वजनिक तथा हस्तान्तरण गरिएसँगै उहाँका कीर्तिमानको संख्या १५३ पुगेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा विश्वका विश्व कीर्तिमान प्रदान गर्नेसंस्थाले उपलब्ध गराएका २० कीर्तिमान प्रमुख अतिथि रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले डा.उपाध्यायलाई हस्तान्तरण गर्नुभएको थियो ।

साहित्यकार केदारनाथ खनालको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथदाहाल, गीतकार संघका पूर्व अध्यक्ष चूडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपालीसाहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डकाफाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, साहित्यकार समिना खनाल लगायतले डा. उपाध्यायलाई बधाईतथा शुभकामना दिँदै उहाँका कर्मलाई देशले नै गौरव गर्नुपर्ने बताउनुभएको थियो ।

प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले डा. उपाध्यायलाई यस्तो विशेष कार्यका लागि बधाई तथा शुभकामना दिँदै उहाँले आफूलाई सधै सकारात्मक कर्म तर्फ डोर्‍याएका कारण यो सबै सम्भव भएको बताउनुभयो ।

आफूले नयाँ नयाँ विषयवस्तुमा खोजअनुसन्धान र केही फरक गरौ भन्ने धारणाका साथ काम गर्दै जादा आफ्ना विश्व रेकर्डकोसंख्या १५३ पुगेको डा. उपाध्यायले बताउनुभयो । ‘म समाजका लागि गीत उपन्यास लेख्छु,आत्मसन्तुष्टिका लागि गीत लेख्छु’ भन्दै डा. उपाध्यायले स्रोता र दर्शकले रुचाइदिँदा थपहौसला र अपार आनन्द हुने सुनाउनुभयो ।

सो अवसरमा एभरेष्ट वल्र्ड रेकर्डसका मधुरा श्रेष्ठले डा. उपाध्यायलाई १५३ वल्र्डरेकर्डको मेडल पनि प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई द विट्रिस रेकर्ड अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

यस्तै, प्रमुख अतिथि रक्षा मन्त्री उप्रेतीले डा. उपाध्यायलाई बधाई तथा शुभकामना सम्मान पत्र पनि अर्पण गर्नुभएको थियो । यही महिना डा. उपाध्यायलाई विश्वको सर्वाधिक उचाईमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकोे प्रमाण पत्र हालै राष्ट्रपति कार्यलयमा राष्ट्रपतिरामचन्द्र पौडेलद्वारा हस्तान्तरण गरिएको थियो ।

डा. उपाध्यायले विश्वमा एकैदिन सबैभन्दा बढी आर्टिकल लेखेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ भने सवैभन्दाधेरै भाषामा गीत लेखेर पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ ।

डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वल्र्डरेकर्ड, स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, अष्ट्रेलिया, लन्डनयुके लगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा कीर्तिमानी गायक तथा संगीतकार सागरअधिकारी ‘शरद’ले डा. उपाध्यायका गीत प्रस्तुत गर्नुभएको थियो भने कीर्तिमानी संगीतकारसन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

डा. उपाध्यायका ३६ बढी गीति एल्वम, १६ उपन्यास, तीन गीति कविता र सयौ गीतकाभिडियो सार्वजनिक छन् । उहाँले देश विदेशका विभिन्न संघ संस्थाबाट सयौ मान सम्मानअवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली गीत संगीतमा उपाध्यायले सर्वाधिक विश्वरेकर्ड कायम गर्नुभएको छ भने उहाँ विश्वको टप टेनमा पर्नुहुन्छ ।

भर्खरै प्रकाशित

your adv here