20.1 C
Kathmandu
Thursday, April 30, 2026
Homeमनोरन्जनराज लुईटेल निर्देशित ‘माया गर्यौ’ मा सोनित, प्रतिक्षा र हरि (भिडियो)

राज लुईटेल निर्देशित ‘माया गर्यौ’ मा सोनित, प्रतिक्षा र हरि (भिडियो)

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

गीतकार रमा थापाको गीत `माया गर्यौ ´को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायरमा एक कार्यक्रम गरि उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष एवं चर्चित कलाकार शिवहरि नेपाल वैरागीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा गीत संग सम्बन्धित कलाकार,सर्जक तथा प्राविधिकहरुको समेत उपस्थिती थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार शिवहरी नेपाल (बैरागी) ले गीत एकदमै राम्रो भएको बताएका छन् । सामाजिक जीवनको वास्तविक कथालाई भिडियोमा उतारेकोमा सम्पूर्ण टिमलाई बधाई दिदै गीतको भाव र कथावस्तुले भिडियोलाई जीवन्त बनाउन सफल भएकोमा खुसी व्यक्त गरे । `माया गर्यौ´ म्युजिक भिडियोको निर्माण टिमले आगामी दिनहरूमा अझै राम्रो गर्नेमा विश्वास व्यक्त गर्दै मानिस सबै कुरामा पूर्ण र निपूर्ण नहुने तर त्यसको लागि प्रयास जारी रहने भएकाले यो टिमले गीतलाई न्याय दिएर भिडियो निर्माण गरेको बताए ।

यस्तै उनले भिडियो सम्पूर्ण रुपमा राम्रो बनेको र आगामी दिनहरुमा छुटेका कुराहरुलाई समेट्दै अझै गुणस्तरीय भिडियो निर्माण गर्न हौसला समेत दिए । यस्तै कार्यक्रममा बोल्दै कलाकार सोनितराज ढुंगेलले आफूहरूले भिडियो निर्माण गर्दा शतप्रतिशत मिहिनेत गरेको बताए । अभिनयलाई जीवन्त बनाउनु सम्पूर्ण कलाकारहरुले महत्त्वपूर्ण भूमिका रहेको भन्दै सबै सहकर्मीहरु प्रती आभार प्रकट गरे । यस्तै उनले आफूहरूको यो मिहिनेतको कदर दर्शक श्रोताहरुले गर्नेमा विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार नरेन्द्र थापाले `माया गर्यौ´ टिमको थप प्रगतिको कामना व्यक्त गर्दै आफूहरूले कलाकारिता प्रवेश गर्दाको क्षणलाई सम्झिए । आज भन्दा तीन दशक अगाडी आफूहरू पनि यसरी नै डटेर काम गर्ने गएको स्मरण गर्दै यो टिमले पनि खटेर काम गरेको र भिडियोलाई न्याय दिएको भन्दै प्रशंसा गरे । यस्तै कार्यक्रममा बोल्दै गीतकार रमा थापाले आफ्नो गीतले पूर्णता पाएकोमा खुसी व्यक्त गरिन । लामो समय देखि लेखन क्षेत्रमा कलम चलाउदै आएकी थापाले आफ्नो गीतलाई दृश्यमा उतार्दिएको भन्दै सम्पूर्ण भिडियो निर्माण युनिटलाई धन्यवाद समेत दिइन ।

कलाकारहरुको अभिनय र प्राविधिक सँयोजनबाट आफ्नो गीत पूर्ण भएको भन्दै आगामी दिनहरूमा पनि सहकार्य गरेर अघि बढ्न सकिने बताइन् । यस्तै उनले भिडियो निर्माण टिमका साथै आफूलाई सांगीतिक मावलमा रम्न प्रेरित गर्ने छोरा आदर्श थापा र आविस्कार थापा लगायत सम्पूर्ण परिवार, शुभचिन्तक तथा दर्शक स्रोताहरुमा आभार प्रकट गरिन । केही समय पहिला रेकर्डिङ भएको थपाको गीतमा कलाकार सोनित राज ढुंगेल र प्रतीक्षा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन्। ‘माया गर्यौ´बोलको गीतलाई रमा थापा (आर जे फिल्म) युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा सोनितराज ढुंगेल, प्रतीक्षा काफ्लेका साथै हरि ठकुरी, बिमल उप्रेती, कुमार चौलागाईं, अपेक्षा नगरकोटी लगायतको अभिनय रहेको छ । गीतले पारिवारिक सम्बन्धमा आएको दरार र त्यसले पारेको असर संगै गलत बुझाइबाट भएको फूटको फाइदा बाहिरी व्यक्तिले कसरी उठाउछ भन्ने देखाएको छ ।

पति र पत्नी बिचको बिग्रेको सम्बन्धका कारण सन्तान माथी पर्ने असरको तितोपनलाई गीतको भिडियोमा देखाउन खोजिएको छ भने अन्तिममा सबै भ्रम हटेको समेत देखाइएको छ। रमा थापाको शब्द रहेको गीतलाई गायक किरण भुजेल र अनु चौधरीले आवाज दिएका छन् । जसमा ए डि बिको संगीत रहेको छ । राजेन्द्र लुइँटेल(राज)को निर्देशनमा तयार भएको गीतमा रबिराज गुप्ताको सम्पादन र छायांकन रहेको छ भने अंकित शाहले व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् ।

भर्खरै प्रकाशित

your adv here