20.1 C
Kathmandu
Monday, May 25, 2026
Homeभिडियोगीतकार टेक तामाङ्गको एकल सांगीतिक सांझ हुदै

गीतकार टेक तामाङ्गको एकल सांगीतिक सांझ हुदै

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

चर्चित गीतकार टेक तामाङको पहिलो एकल साँझ हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आगामी असार १४ गते शनिबार, दिनको ४ः०० बजेबाट प्रारम्भ हुने एकल साँझलाई गीतकार संघ नेपालले आयोजना गर्न लागेको हो । उक्त एकल साँझ कार्यक्रमलाई ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ नाम दिइएको छ ।

गीतकार तामाङको सयौं गीतहरु रेकर्ड छन् । एकल साँझमा गीतकार तामाङले रचना गरेका नयाँ र पुराना गरेर १७ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरिने छ । एकल साँझका लागि चयन भएका गीतहरु नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मीठा मीठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहुँ, जन्मिखेली, मै खुकुरी, माथि माथि लेकमा, जोर मादलको तालैमा, स्वर्ग झैं सैलुङ्ग लगायतलाई विभिन्न गायक गायिकाले प्रस्तुत प्रस्तुत गर्ने छन् ।

प्रत्यक्ष वाद्यवादनसहित अग्रज गायक गायिका देखि अहिलेका लोकप्रिय गायक गायिकासम्मले गीत गाएर झुमाउने छन् । कार्यक्रममा दिप श्रेष्ठ, संगीता राना प्रधान, किरण प्रधान, शिव परियार, राजेशपायल राई, अन्जु पन्त, सत्यराज आचार्य, स्वरुपराज आचार्य, डेबिड शंकर, रुपक चौधरी, प्रदिपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन, अस्मिता अधिकारी, प्रल्हाद तिमिल्सिना लगायत उनका चर्चित गीतहरुमा गुञ्जिने छन् ।

कार्यक्रमका लागि संगीत संयोजन अशोककुमार राईले गर्ने छन् । २२ जनाको बाद्यवादन समुह अन्तर्र्गत किबोर्डमा शिला बहादुर मोक्तान, भ्वाईलिन सेक्सोफोनमा मनोहर सुनाम, भ्वाईलिनमा मोहनकृष्ण कार्की ढली, रविन कार्की ढली, किसोर कार्की ढली, नारायण कार्की ढली, केशवल सुनाम र बिकाशनाथ योगी रहने छन् । त्यस्तै ग‍ोपाल देव घतानी र धन बहादुर गुरुङ – बाँसुरीमा रहने छन् भने तवलामा कुमार महाराज र भरत बुढाथोकीले साथ दिने छन् । ढोलकमा मेघराज लुङ्गेली रहनेछन् भने मादलमा अनिल थापा र पोषण धर्तीले साथ दिने छन् । यसैगरि बेश गीटारमा देव राई रहने छन् भने लिड गिटारमा संजिव लिम्बु, रिदम गीतारमा दिपेश श्रेष्ठ, सितारमा सिता मैया राहचल, सारङ्गीमा भरत नेपाली, प्याड ड्रममा भुपेन्द्र रसाइली रहेर गायक गायिकालाई साथ दिने छन् ।

कार्यक्रमलाई सभ्य, भव्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नका लागि कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति पनि गठन गरिएको छ । गीतकार संघका अध्यक्ष समेत रहेका गीतकार बसन्त बित्यासी थापाको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा – अशोककुमार राई, सुमन पण्डित ‘बैरागी’ टिका राई (शिव), कन्काइष्ट राई, शशी लुमम्बु, सुशील केसी, अर्जुन बहादुर घलान र गोपालचन्द्र राई रहेका छन् ।

‘टेक तामाङ सांगीतिक साँझ –२०८२ ’ ले सामाजिक सशक्तीकरण, र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ । आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रम व्यवस्थापन समितिका संयोजक थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । थापाले भने – नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं बिशिष्ट साहित्यकार बैरागी काइँलाको प्रमुख आतिथ्यता रहने कार्यक्रममा सांगीतिक क्षेत्रका लोकप्रिय एवं विशिष्ट व्यक्तित्वहरुका बाक्लो उपस्थिती रहने छ । नेपाली संगीतको प्रवद्र्धनका लागी पनि यो कार्यक्रमको आयोजना गरिएकाले पनि गीत संगीतका सम्बन्धी संघसंस्था, व्यवसायी, समाजसेवी, पत्रकार र संगीतप्रेमी सबै सामु सहयोगको अपेक्षा र आग्रह गर्दछु ।’ थापाका अनुसार कार्यक्रममा गीतसंगीतलाई माया गर्ने दर्शक तथा स्रोतालाई निःशुल्क रूपमा टिकटको व्यवस्था गरिएको छ । कार्यक्रमको तयारी तीब्र भइरहेको पनि उनले बताए ।

विसं. २०५० सालमा ‘छाल आउँदा सम्झनाको’ पहिलो गीत ल्याएका तामाङ नेपाली संगीत र साहित्यमा निरन्तर क्रियाशील छन् । उनका राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह–‘माटोको आवाज’, राष्ट्रिय भावधाराका गीतसंग्रह– ‘स्वदेश’, आधुनिक गीतसंग्रह – ‘जीवनसाथी’, आधुनिक गीतसंग्रह– ‘आमा’, आधुनिक गीतसंग्रह –‘नाता’, भजनसंग्रह –‘भक्तिसागर’, राष्ट्रिय भावधाराका गीत तथा कवितासंग्रह –‘नेपाल आमा’ जस्ता कृति सार्वजनिक भएका छन् भने थुप्रै पाण्डुलिपि आउने तयारीमा छन् । नेपाली सांगीतिक क्षेत्रमा योगदान पू¥याउँदै आएका तामाङ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) समेत हुन् । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख भएर राष्ट्र«सेवामा समर्पित छन् ।

भर्खरै प्रकाशित

your adv here