24.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeमनोरन्जनगीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौं  – नेपाली गीत–साहित्यमा योगदान पुर्‍याउँदै आएका गीतकार टेक तामाङको ‘साङ्गीतिक साँझ–२०८२’ सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न उक्त कार्यक्रमलाई गीतकार संघ नेपालले आयोजना गरेको हो।
साँझमा गीतकार तामाङले सिर्जना गरेका १७ उत्कृष्ट गीतहरू प्रस्तुत गर्दै कार्यक्रमलाई ऐतिहासिक बनाएका थिए। ‘नेपाल मेरो घर’, ‘आमा’, ‘मीठा मीठा बोली’, ‘स्वर्गझैं सैलुङ’, ‘अल्झिरह्यो याद’, ‘तिमी सागर’, ‘मै खुकुरी’, ‘अङ्गालोमा बेरिरहुँ’, ‘जित्नेहरुको पनि’, ‘मन पर्छ’, ‘माथि माथि लेकमा’, ‘जोर मादलको तालैमा’ लगायतका गीतहरू शब्द, संगीत र गायनको उत्कृष्ट संयोजनका साथ प्रस्तुत भएका थिए।
कार्यक्रममा किरण प्रधान, शिव परियार, स्वरुपराज आचार्य, सत्यराज आचार्य, अन्जु पन्त, डेविड शंकर, रुपक चौधरी, संगीता राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सन्जय तुम्ब्रोक, सुमिना लो, रेश्मा बमजन र अस्मिता अधिकारी चर्चित गायक–गायिकाहरूले गीतहरू प्रस्तुत गरेका थिए। उनीहरूको सुमधुर स्वर र भावपूर्ण प्रस्तुति दर्शकदीर्घामा भावनात्मक तरंग ल्याउन सफल रह्यो।
विशेषगरी ‘मै खुकुरी’ गीतले देशप्रेमका भावना उजागर गर्दा हलमा उपस्थितहरू भावुक बने भने ‘अङ्गालोमा बेरिरहुँ’ शीर्षकको मायापूर्ण गीतमा गायिका अन्जु पन्तको स्वरले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। उनले कार्यक्रमको छिनमा स्टेजबाट मिस युनिभर्सको विज्ञापनसमेत प्रस्तुत गरिन्।
सुमिना लो र रेश्मा बमजनको प्रस्तुतीले साँझ ढल्किँदै जाँदा अझै रमाइलो बनाउँदै लगे । दर्शकहरूले गीतसँगै ताल मिलाउँदै रमाइलो गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले टेक तामाङको यो प्रस्तुति नेपाली सांगीतिक क्षेत्रका लागि “सांस्कृतिक चेतनाको नयाँ इँटा” भएको बताए। गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले टेक तामाङको साङ्गीतिक साँझ नेपाली गीत–संगीतलाई आम जनमानससँग जोड्ने सशक्त प्रयास भएको बताए। उनले यस्तो प्रस्तुति नयाँ पुस्ताका सिर्जनशील व्यक्तित्वलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गरे।
वि।सं। २०५० मा ‘छाल आउँदा सम्झनाको’ गीतबाट सांगीतिक यात्रामा प्रवेश गरेका टेक तामाङले हालसम्म ‘माटोको आवाज’, ‘स्वदेश’, ‘जीवनसाथी’, ‘नाता’, ‘आमा’, ‘भक्तिसागर’ र ‘नेपाल आमा’ जस्ता गीतसङ्ग्रह प्रकाशित गरिसकेका छन्। उनका थुप्रै गीत तथा कविता कृतिहरू प्रकाशनको तयारीमा रहेका छन्।
कलासँगै राष्ट्रसेवामा समर्पित तामाङ पेशागत रूपमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी)  हुन्। उनको लेखन, साहित्य, संगीत र सेवाको समिश्रणले समाजमा प्रेरणादायी सन्देश दिएको छ।
साँझको समापनमा टेक तामाङले उपस्थित सबैलाई धन्यवाद दिँदै यो साँझ “जीवनको अविस्मरणीय क्षण” भएको बताए।
कार्यक्रममा सांसद, पूर्वमन्त्री, पूर्वमुख्यमन्त्री, प्रहरी, साहित्यकार, कलाकार, पत्रकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो।

भर्खरै प्रकाशित

your adv here