19.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeमनोरन्जनभव्य रुपमा सम्पन्न भयो नेशनल किड्स एण्ड टिन्स सुपरस्टार

भव्य रुपमा सम्पन्न भयो नेशनल किड्स एण्ड टिन्स सुपरस्टार

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

प्रतिभाशाली बालबालिकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको नेशनल किड्स एण्ड टिन्स सुपरस्टार सिजन २ को ग्रान्ड फिनाले भव्य रूपमा म्युजिक सिटी नेपाल, बलकुमारी ललितपुरमा सम्पन्न भएको छ। यस ऐतिहासिक फिनालेमा अनुभव सापकोटा, स्मारिका गोले र सुस्लिना लोहनी ले आ–आफ्नो समूहमा विजेता बन्न सफल भएका छन्।

प्रतियोगिता ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा सम्पन्न भएको हो। पूर्व शिक्षा मन्त्री माननीय देवेन्द्र पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको यस कार्यक्रममा कलाकार, निर्णायक मण्डल, मिडिया प्रतिनिधि, विद्यालयका शिक्षक तथा अभिभावकसहित हजारौं दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताको मुख्य विजेता विवरण यसप्रकार छ:

🔸 ब्वाइज समूह
– विजेता: अनुभव सापकोटा
– (Most Popular): संस्कृत चालिसे

🔸 जुनियर गर्ल्स समूह
– विजेता: स्मारिका गोले
– (Most Popular): बिलेव्समा गुरुङ

🔸 सिनियर गर्ल्स समूह
– विजेता: सुस्लिना लोहनी
–(Most Popular): आकृति राई

यस सिजनमा ललितपुर जिल्लाका १५ वटा विद्यालयहरूबाट २० जना प्रतिभावान बालबालिकाहरू सहभागी थिए। प्रतियोगीहरूले प्रशिक्षण चरणदेखि फिनालेसम्म आफ्नो कलात्मक क्षमता, व्यक्तित्व र प्रस्तुतीकरणमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

कार्यक्रमको संचालन तथा व्यवस्थापन कार्यक्रम निर्देशक तथा ब्ल्याक बर्ड इन्टरटेन्मेन्टकी प्रमुख कार्यकारी अधिकृत (CEO) सबिना श्रेष्ठको नेतृत्वमा सम्पन्न भएको थियो। उहाँले प्रतियोगिताको सम्पूर्ण यात्रा– प्रशिक्षण, ट्यालेन्ट राउण्डदेखि फिनालेसम्म– एक प्रेरणादायी अनुभव भएको बताउनुभयो।

उक्त अवसरमा सबै प्रतियोगीहरूलाई स्मृति चिन्ह, प्रमाणपत्र र पुरस्कार प्रदान गरियो। विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर, ट्रफी, मेडलसहित सम्मान गरियो।

साथै, सहभागी विद्यालयहरूलाई पनि उनीहरूको सहकार्य र समर्थनको कदरस्वरूप सम्मान–प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन निर्णायक मण्डल, प्रशिक्षकहरू, सल्लाहकारहरू, अभिभावक, टिम सदस्यहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले हार्दिक धन्यवाद प्रकट गरेको छ।

ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट आगामी दिनहरूमा पनि यस्तै सृजनात्मक र प्रेरणादायी कार्यक्रमहरू मार्फत नयाँ पुस्ताको प्रतिभा उजागर गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धताका साथ अघि बढ्दैछ।

भर्खरै प्रकाशित

your adv here