23.1 C
Kathmandu
Monday, September 21, 2026
Homeसमाचारमहिला सशक्तिकरण र सिर्जनशीलताको प्रेरणादायी उदाहरण 'एपी ब्यूटी सलुन’को भव्य समुद्घाटन

महिला सशक्तिकरण र सिर्जनशीलताको प्रेरणादायी उदाहरण ‘एपी ब्यूटी सलुन’को भव्य समुद्घाटन

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

भक्तपुर । भक्तपुरको ऐतिहासिक नगर सूर्यविनायकमा सौन्दर्य सेवाको क्षेत्रमा नयाँ अध्यायको थालनी गर्दै ‘एपी ब्यूटी सलुन’को भव्य समुद्घाटन समारोह सम्पन्न भएको छ।

उक्त सलुनको उद्घाटन नेपालकी चर्चित संचारकर्मी, अभिनेत्री तथा सफल उद्यमी एलिजा गौतमले एक विशेष समारोहबीच गरिन्।

उद्घाटन समारोहमा प्रमुख अतिथि गौतमले सलुनकी सञ्चालक अफ्सना नेवा हायुलाई शुभकामना दिँदै भनिन्, “सौन्दर्य व्यवसायमा समर्पण, सिर्जनशीलता र आत्मविश्वास मिसाएर अघि बढ्नु आफैँमा उदाहरणीय छ। अफ्सनाको यो पहलले धेरै युवालाई प्रेरणा दिनेछ।” उनले एपी ब्यूटी सलुनको उज्ज्वल भविष्यको कामना समेत गरिन्।

उक्त अवसरमा कार्यक्रम व्यवस्थापन संघ, नेपालका महासचिव एवं संचारकर्मी सोनीतराज ढुंगेल, प्रतिष्ठित मेकअप आर्टिष्ट टेकराज पाण्डे, गायिका सुमी पराजुली, सौन्दर्य प्रसाधन कम्पनीका प्रतिनिधिहरू तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपस्थित अतिथिहरूले पनि सञ्चालक हायु तथा एपी ब्यूटी सलुनको सफल भविष्यको कामना गर्दै शुभेच्छा व्यक्त गरेका थिए। समारोहमा संस्थाका प्रमुख एवं वरिष्ठ सौन्दर्यविद अफ्सना नेवा र डाईरेक्टर प्रकाश राईले उद्घाटन समारोहमा उपस्थित हुने अतिथीगणलाई धन्यवाद दिदै सलुनले आगामी दिनमा थप सेवाहरु विस्तार गर्दै शाखा खोल्दै जाने जानकारी दिए ।

सञ्चालिका अफ्सना नेवा हायु विगत लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै आइरहेकी कुशल सौन्दर्यविद् मात्र नभई, सफल कार्यक्रम आयोजक र व्यवस्थापकको रूपमा पनि चिनिन्छिन्। उनले विगतमा थुप्रै सामाजिक, सांस्कृतिक तथा महिला सशक्तिकरणसम्बन्धी कार्यक्रमहरू प्रभावशाली ढंगले सम्पन्न गर्दै आएकी छिन्।

एपी ब्यूटी सलुनले आधुनिक उपकरण, दक्ष जनशक्ति तथा नवीन प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यो सलुनले भक्तपुरमा सौन्दर्य सेवा क्षेत्रमा नयाँ गुणस्तरीय मापदण्ड स्थापना गर्ने विश्वास गरिएको छ।

भर्खरै प्रकाशित

your adv here