17.7 C
Kathmandu
Wednesday, April 15, 2026
Homeमनोरन्जनशिक्षा, सशक्तिकरण र नेतृत्वको संगम : मिसेस ब्युटिफुल 'प्रिया कार्की'

शिक्षा, सशक्तिकरण र नेतृत्वको संगम : मिसेस ब्युटिफुल ‘प्रिया कार्की’

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं । परम्परागत सौन्दर्य प्रतियोगिताको परिभाषालाई नयाँ दृष्टिकोण दिँदै, सामाजिक चेतना र उत्तरदायित्वको सशक्त स्वरूप प्रस्तुत गर्न सफल प्रिया कार्की ‘मिसेस ब्युटिफुल नेपाल २०२५’ को ताजसँगै परिवर्तनको प्रेरक प्रतीकका रूपमा उदाएकी छन्।

दक्ष इन्टरनेशनलको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुति सहित सहभागी भएकी कार्कीले बेस्ट फोटोजेनिकबेस्ट पर्सनालिटी तथा भिवर्स चोइस अवार्ड जस्ता उपाधिहरू जित्दै ‘मिसेस ब्युटिफुल नेपाल २०२५’ को प्रमुख उपाधि प्राप्त गरेकी हुन्। ताजसँगै उनलाई सम्मानपत्र, विशेष गिफ्ट ह्याम्पर तथा सामाजिक अभियानमा सहभागिताको अवसर पनि प्रदान गरिएको छ।

सामाजिक अभियानमा अग्रणी नेतृत्व

प्रिया कार्की लामो समयदेखि बालविवाहको विरोध, महिला सशक्तिकरण, र शिक्षामा पहुँच जस्ता विषयमा निरन्तर क्रियाशील छिन्। ग्रामीण क्षेत्रका किशोरीहरूमाझ शिक्षा, आत्मनिर्भरता र चेतनाको सन्देश पुर्‍याउने अभियानमा उहाँको सक्रियता उल्लेखनीय छ। विद्यालय, सामुदायिक गोष्ठी तथा जनचेतना र्यालीमार्फत उहाँले बालबालिका तथा महिलाको अधिकारका पक्षमा प्रभावकारी आवाज बुलन्द गर्दै आएकी छन्।

दाइजो प्रथासँग सम्बन्धित हिंसा, मानसिक यातना र आत्महत्याजस्ता घटनाको विरुद्धमा उहाँले नाटक, कविता, संवाद कार्यक्रममार्फत सशक्त जनचेतना अभियान सञ्चालन गर्दै समाजमा सकारात्मक सोचको विकासमा योगदान पुर्‍याएकी छन्।

कुप्रथा विरुद्धको अभियान

पश्चिम नेपालका विभिन्न जिल्लामा सञ्चालन भएका कार्यक्रमहरूमार्फत उहाँले छाउपडीजस्ता कुप्रथाको अन्त्यका लागि स्थानीय समुदाय, महिला समूह र युवाहरूसँग सहकार्य गर्दै सचेतना फैलाउने काम गरेकी छन्।

“शिक्षा बिना स्वतन्त्रता सम्भव छैन” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आर्थिक रूपमा कमजोर परिवारका किशोरीहरूलाई पठन सामग्री, पोशाक तथा प्रेरणा सहयोगमार्फत विद्यालयमै अध्ययन जारी राख्न प्रेरित गर्नु उहाँको प्रमुख प्राथमिकता बनेको छ।

नेतृत्व र क्षमता विकासमा सक्रियता

स्थानीय महिला समूहहरूसँग सहकार्य गर्दै सिलाइ-कटाइ तालिम, आत्मरोजगार प्रवर्द्धन, नेतृत्व विकास लगायतका कार्यक्रममार्फत महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन उहाँले महत्त्वपूर्ण पहलहरू गरेकी छिन ।

सामाजिक विषयमा उहाँको विश्लेषणात्मक दृष्टिकोण, स्पष्ट अभिव्यक्ति र नेतृत्व क्षमताले प्रतियोगिताका निर्णायकहरूको ध्यान तानेको थियो। पत्रकारिता विषयमा केएनके कलेजबाट स्नातक अध्ययन गर्नुभएकी ,उहाँ भविष्यमा सफल व्यवसायी बन्ने लक्ष्यका साथ अगाडि बढिरहेकी छिन  ।

साहसी आमा र जिम्मेवार नागरिकको छवि

सौन्दर्य, समाजसेवा, परिवार र व्यवसायबीचको सन्तुलन कायम राख्दै साहसी आमाको रूपमा उहाँको छवि थप उज्यालो बनेको छ। असहाय र विपन्न समुदायप्रति उहाँको सहयोगी भावना उदाहरणीय छ।

प्रिया कार्कीको यो सफल यात्रा केवल एक उपाधिमा सीमित छैन, यो सामाजिक चेतना, व्यवहार र सोचमा आएको सकारात्मक परिवर्तनको सूचक पनि हो।

उहाँको विचार, योगदान र प्रतिबद्धताले आगामी दिनमा थप महिलाहरूलाई अघि बढ्न प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

भर्खरै प्रकाशित

your adv here