24.1 C
Kathmandu
Tuesday, September 22, 2026
Homeआर्थिकऔद्योगिक तथा व्यवसायिक क्षेत्रमा गम्भीर क्षति भएको चेम्बरको निष्कर्ष

औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गम्भीर क्षति भएको चेम्बरको निष्कर्ष

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा परेको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

चेम्बरले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

चेम्बरले आन्दोलनले औद्योगिक र व्यवसायिक क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै, वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सबै सरोकारवाला निकायले संवाद, सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिएको छ।

चेम्बरको भनाइमा, भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रमा पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजी पुस्ताले उठाएका मागहरू आजको प्रमुख आवश्यकता हुन्। यी मुद्दा गम्भीरतापूर्वक सम्बोधन नगरे आन्दोलनले थप अस्थिरता र निराशा फैलाउने खतरा रहेको चेम्बरले औंल्याएको छ।

चेम्बरले आन्दोलनका क्रममा भएको ठूलो जनधन र भौतिक क्षतिले औद्योगिक तथा व्यवसायिक वातावरण खल्बल्याउने मात्र नभई लगानीमैत्री वातवरणमा प्रतिकूल असर पार्ने ठहर गरेको छ। यसले आन्तरिक र बाह्य दुवै लगानीकर्ताको विश्वासमा आघात पुग्ने भएकाले तत्कालीन समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिइएको छ।

चेम्बरले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार, सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवाबीच खुला संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न आह्वान गरेको छ। मुलुकको राजनीतिक स्थायित्व, सामाजिक शान्ति र आर्थिक विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

भर्खरै प्रकाशित

your adv here