24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeअन्तरराष्ट्रियइनास पोर्चुगलको कार्यक्रम मार्च १ मा आयोजना हुने

इनास पोर्चुगलको कार्यक्रम मार्च १ मा आयोजना हुने

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

पोर्चुगल (लिस्बन) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को पोर्चुगल राष्ट्रिय समितिले विभिन्न सङ्घसंस्थासँग भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

पोर्चुगलमा रहेका नेपाली कलाकारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आगामी मार्च १ तारिख (आइतबार) का दिन लिस्बनस्थित ‘लब लिस्बन रेस्टुरेन्ट’ मा यो विशेष कार्यक्रम गरिने भएको हो ।

प्रवासमा रहेर पनि नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणमा जुटिरहेका कलाकारहरूबीच आपसी चिनजान र भाइचारा अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य ध्येय रहेको छ । सोही अवसर पारेर इनास पोर्चुगल शाखाको कार्यसमितिमा रहेका सदस्य तथा पदाधिकारीहरूलाई औपचारिक रूपमा ओहोदाको प्रमाणपत्र समेत वितरण गरिने कार्यक्रम तय भएको छ ।

सन् २०१२ मा पोल्याण्डबाट सुरु भएको इनासको यात्रा अहिले विश्वव्यापी बनिसकेको छ । नेदरल्याण्ड्समा केन्द्रीय कार्यालय रहेको यस संस्थाले विश्वका ७३ भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल विस्तार गर्दै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । पोर्चुगल शाखाले पनि स्थानीय स्तरमा नेपाली मौलिक कला र परम्परालाई जोगाउँदै प्रतिभाहरूलाई प्रोत्साहन गर्ने कार्यमा सक्रियता देखाउँदै आएको छ ।

संस्थाको विश्वव्यापी गतिविधिलाई थप उचाइमा पुर्‍याउन इनासका विभिन्न शाखाहरू सक्रिय छन् । हालै मात्र नेपाल शाखाको अध्यक्षमा वरिष्ठ चलचित्र निर्देशक ऋषि लामिछाने निर्वाचित हुनुभएको छ भने नेपाल शाखाका निवर्तमान अध्यक्ष दयाराम पाण्डेले एसिया क्षेत्रीय संयोजकको जिम्मेवारी सम्हालिरहनुभएको छ ।

यसरी देश तथा विदेशमा रहेका शाखाहरू मार्फत इनासले नेपाली कलाकारहरूको हकहित र पहिचानका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।

मार्च १ मा हुने यस भेटघाट कार्यक्रमले पोर्चुगलमा रहेका नेपाली कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउने र आगामी दिनमा सहकार्यका लागि नयाँ बाटो खोल्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा उपस्थित भई हौसला प्रदान गर्न पोर्चुगलवासी नेपाली समुदाय तथा कलाप्रेमीहरूलाई शाखाले अनुरोध समेत गरेको छ ।

भर्खरै प्रकाशित

your adv here