16.1 C
Kathmandu
Wednesday, April 29, 2026
Homeअन्तरराष्ट्रियपहिलो पटक नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (BCM) को बैठक लिस्बनमा सम्पन्न

पहिलो पटक नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (BCM) को बैठक लिस्बनमा सम्पन्न

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

लिस्बन, पोर्चुगल — नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (BCM) को पहिलो बैठक आज पोर्चुगलको परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका परराष्ट्र सचिव श्री अमृत बहादुर राईले गर्नुभएको थियो भने पोर्चुगलको तर्फबाट परराष्ट्र तथा सहकार्य राज्यमन्त्री डा. आना इसाबेल जाभियरले नेतृत्व गर्नुभएको थियो। नेपाली प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपालका राजदूत श्री प्रकाशमणि पौडेलसहित मन्त्रालय र दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

बैठकमा दुवै पक्षले नेपाल–पोर्चुगल सम्बन्धका सम्पूर्ण आयामहरूको समीक्षा गर्दै राजनीतिक, आर्थिक तथा वाणिज्यदूतसम्बन्धी विषयहरूमा विस्तृत छलफल गरेका थिए। साथै, जलवायु परिवर्तन तथा बहुपक्षीय प्रणालीमा सहकार्यलगायत साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि विचार आदान–प्रदान गरिएको थियो।

दुवै देशले व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा तथा विज्ञान–प्रविधिका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने सहमति व्यक्त गरेका छन्। बैठकका क्रममा परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायले भोगिरहेका कन्सुलर प्रमाणीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी समस्याहरू समाधान गर्न सहजीकरण गरिदिन पोर्चुगल पक्षलाई अनुरोध गर्नुभएको थियो। पोर्चुगल पक्षले उक्त विषयलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

सो अवसरमा परराष्ट्र सचिव राईले पोर्चुगल सरकारले त्यहाँको नेपाली समुदायलाई आत्मीयतापूर्वक समेटेकोमा धन्यवाद व्यक्त गर्नुभयो। राज्यमन्त्री डा. जाभियरले भने पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

बैठकपछि पोर्चुगली प्रतिनिधिमण्डलका प्रमुखले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए।

दिउँसो परराष्ट्र सचिव राईले पोर्चुगलको व्यापार तथा लगानी प्रवर्द्धन निकाय (AICEP) मा नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गर्नुभएको थियो। सो क्रममा पोर्चुगलको ऊर्जा नीतिबारे प्रस्तुति पनि गरिएको थियो। उहाँले नेपालमा स्वच्छ ऊर्जाका क्षेत्रमा—विशेषगरी जलविद्युत उत्पादन, प्रसारण र वितरण—लगानीका सम्भावना खोज्न AICEP र नेपाल लगानी बोर्डबीच कार्यस्तरीय छलफल गर्न सुझाव दिनुभयो।

यसअघि बिहान परराष्ट्र सचिव राईले पोर्चुगल परराष्ट्र मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया दि सोउसा रिबेरो टेलेससँग शिष्टाचार भेट गर्नुभएको थियो। भेटमा दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उपायहरूबारे विचार–विमर्श भएको थियो।

भ्रमण सम्पन्न गरी परराष्ट्र सचिव राई आज नेपाल फर्कने कार्यक्रम रहेको छ।

भर्खरै प्रकाशित

your adv here