18.1 C
Kathmandu
Saturday, May 30, 2026
Homeमनोरन्जन“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल नृत्य प्रतियोगितामा सिनियरतर्फ यान्ना श्रेष्ठ र जुनियरतर्फ श्रृष्टि स्याङ्बो विजेता बनेका छन्। नेपाली कला, संस्कृति तथा नृत्य क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो।

मंसिर महिनादेखि सुरु भएको प्रतियोगिता अडिसन, कार्यशाला वर्कसप राउण्ड तथा विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्दै साहित्य सदन हलमा सम्पन्न भएको उक्त कार्यक्रममा शालिकराम कोइरालाको सभापतित्व रहेको थियो भने बुढानिलकण्ठ नगरपालिका–१० का वडा अध्यक्ष नवराज भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

विशेष अतिथिका रूपमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठ, केन्द्रीय सल्लाहकार आरसी कोइराला ९रामचन्द्र० महिला उपाध्यक्ष सारदा सोती शर्मा, महासचिव ऋषिकेश श्रेष्ठ, सचिव कृष्ण रसाल, कोषाध्यक्ष संगीता शाही खड्गी, केन्द्रीय सदस्य अजयकुमार विष्ट, छिरिङ लामा, ललितपुर जिल्ला अध्यक्ष प्रदीप रमन सिंह डंगोल, काठमाडौं जिल्ला सचिव लक्ष्मी पुरी गुरुङ, नेशनल डाइनामिक आर्ट्स प्रालिका अध्यक्ष देवराज गुरुङ, नृत्य निर्देशक हेमराज गजमेर तथा ‘नृत्य नेपाली पारा’ का संस्थापक बुद्ध लामालगायत उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति शालिकराम कोइरालाले नेपाली लोक तथा आधुनिक नृत्यको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै युवा प्रतिभालाई उजागर गर्न ‘नृत्य नेपाली पारा’ प्रभावकारी मञ्च बनेको धारणा व्यक्त गरे। प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राई, संघका वरिष्ठ उपाध्यक्ष शम्भु शाही, काठमाडौं जिल्ला निवर्तमान अध्यक्ष सरस्वती पोखरेल, सचिव कृष्ण रसाल, काठमाडौं जिल्ला सचिव लक्ष्मी पुरी, केन्द्रीय सदस्य अजय विष्ट, चलचित्र कलाकार संघकी निवर्तमान सहकोषाध्यक्ष पवित्रा आचार्य तथा नायिका एवं नृत्य निर्देशक अनिता गोले रहेका थिए।

प्रतियोगितामा गोकर्णेश्वर नगर कमिटी सचिव सरोज श्रेष्ठले निर्णायक तथा कार्यशाला प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने मिसिता शेर्पा र मनिषा मगरले सहप्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए। नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सहकोषाध्यक्ष चुडामणि फुयालले सञ्चालन गरेको कार्यक्रममा जुनियर र सिनियर गरी दुई तहमा प्रतिस्पर्धा गरिएको थियो। जुनियरतर्फ श्रृष्टि स्याङ्बो प्रथम, साल्मली मगर द्वितीय, नुर स्याङ्बो तृतीय, गृष्मा थापा मगर चौथो तथा प्रीयान्सा थापा पाँचौं भएका छन्।

त्यसैगरी सिनियरतर्फ यान्ना श्रेष्ठ प्रथम, प्रवेश तामाङ द्वितीय, साम्युल रुम्बा तृतीय, इच्छा गुरुङ चौथो तथा आशा लामा पाँचौं स्थान हासिल गर्न सफल भए। प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने चौथो र पाँचौं हुने प्रतियोगीलाई समान ५र५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

कार्यक्रम निर्देशक सन्देश तामाङले देशभरबाट सयौं प्रतिभाशाली प्रतियोगी सहभागी भएको जानकारी दिए। नेपाल लोक नृत्य सेन्टर तथा ‘नृत्य नेपाली पारा’ का अध्यक्ष केशव कोइरालाले नेपाली मौलिक नृत्यलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रमको व्यवस्थापन दीपेन्द्र भण्डारीले गरेका थिए भने सल्लाहकारको भूमिकामा बाबु सेन्चुरी तथा नृत्य निर्देशक संघ युरोप कमिटी अध्यक्ष सुनिल गिरी रहेका थिए।

मिडिया पार्टनरका रूपमा नमस्ते ख्वप टेलिभिजन रहेको थियो भने न्यूज पार्टनरमा मिलाप न्यूज र लाइफ ओके टेलिभिजन रहेका थिए। कार्यक्रममा तारकेश्वर नगर कमिटी अध्यक्ष टेक छिरिङ लामा, चन्द्रागिरी नगर कमिटी अध्यक्ष कृष्ण राना मगर तथा वरिष्ठ चलचित्र अभिनेता नवीन श्रेष्ठको पनि विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन गोकर्णेश्वर नगरपालिका–८, मेलम्ची नगरपालिका, बुढानिलकण्ठ–१०, यमुना डेकोर, रिलायन्स एजुकेसन नेटवर्क, हिमालयन किचेन, छहारी ड्रेस हाउस सेन्टरलगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका थिए। त्यसैगरी सहयोगी नृत्य निर्देशकहरू रबिता मगर, पूर्ण लामा, विकास भारती र अनन्त श्रेष्ठले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला अध्यक्ष प्रदीप रमन सिंह डंगोललाई ‘नृत्य नेपाली पारा विशेष सम्मान’ प्रदान गरिएको थियो।

भर्खरै प्रकाशित

your adv here