20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिगठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

गठबन्धनको राजनीति,चुनावी घोषणा पत्र र निर्वाचन

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

-डा.डी.आर.उपाध्याय खनाल,

काठमाडौं । यति बेला देश भरी नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा बिभिन्न राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन । घोषणा पत्रमा खासै नयाँ कुरा केही पाउन सकिदैन । हुन त घोषणा पत्र जारी गर्दैमा सबै कुरा पुरा हुन्छन भन्ने कुनै ग्यारेन्टी छैन । बिगतका पटक पटकका चुनावमा पनि चुनावी घोषणा पत्र जनताले पढेकै हुन । तर ती घोषणा पत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइदैन । जनतालाई सधै भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरुले पटक पटक गरिरहेका छन । अब जनता पहिले जस्तो झुक्किने काम गर्नु हुदैन ।

बिबेक प्रयोग गरेर मात्र हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई जिताउने अभियानमा लाग्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भविश्य बन्छ । खराव मान्छेलाई चुनावी माध्यममार्फत ठाउँका ठाउँ रोक्नु पर्छ । पुराना नेताहरुलाई पटक पटक हेरियो अब युवालाई हेर्न बाँकी छ । युवा नेताहरु देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने सोचका साथ अघि बढनु पर्छ । जनता संग जे बाचा गरेर भोट मागिन्छ त्यसै गरी चुनाव जिते पछि दायाँ बायाँ नगरी बाचा अनुसार काम गरेर देखाउनु पर्छ । पछिल्लो समय आम नागरिकले राजनीति प्रति त्यति चासो राखेको पाइदैन ।

कारण के हो भने राजनीति प्रति जनतामा बितृष्णा बढ्यो । लामो समय देखि राजनीतिक दलहरुले देशमा शासन चलाइरहेका छन । तर जनताको अबस्थामा अझै सुधार आउन सकेको छैन । जनताको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । त्यसो भएर जनतामा निराश उत्पन्न भएको हो । आज दलहरु लोकतन्त्रमा पनि गठबन्धनको राजनीति गरेका छन ।

गठबन्धन गरेर चुनाव लडने र चुनाव पछि मिलिजुली सरकार बनाउने त्यस पछि मुलुकमा अस्थिरता निम्त्याउने खेल ठूला दलहरुमा देखिएको छ । यसरी मुलुक बन्दै बन्दैन यो कुरा म बारम्वार उठाउदै आएको छु । गठबन्धनको राजनीतिले मुलुकलाई अघि बढाउन सक्दैन । राजनीतिक दलहरू आआफ्ना सिद्धान्त, विचार र कार्यक्रम लिएर जनतासामु जानु पर्नेमा सिद्धान्त, विचार नै नमिल्ने दल संग तालमेल गरेर चुनावमा जादा जनताले के आधारमा बिश्वास गर्ने ? जनताले प्रश्न गर्नु पर्ने भएको छ । २०४७ साल देखि अहिले सम्म तीनै पुराना नेताहरु पटक पटक दोहोरिदै आएका छन ।

ति नेताबाट जनताले कुनै आश गरेका छैनन् । फेरि पनि ति पुरानै नेताहरु दोहोरिएर आउनु भनेको देशको प्रगतिलाई पछाडी धकेल्नु हो । सबै राजनीतिक दलहरु मंसिर ४ गते हुन गइरहेको चुनावलाई केन्द्रमा राखेर मैदानमा उत्रिएका छन्। उनीहरु जनतालाई गलत प्रलोभन दिएर मत बटुल्ने काम गरिरहेका छन ।

जनताले राजनीतिक स्थिरता, सरकारको स्थायित्व, सुशासन र विकास चाहेका छन्। आगामी निर्वाचनमा पूर्ण बहुमत कुनै दलले ल्याउन सक्ने अबस्था देखिदैन । त्यसो भएकोले संसद् त्रिशंकु हुन जानेछ र सरकार बनाउने र भत्काउने परम्परागत खेल हुने छ । गठबन्धन आजको आवश्यकता होइन । किन भने यसले चुनाव पछि अस्थिरता निम्त्याउने खतरा छ । राजनीतिक स्थिरता नभए सम्म देशको बिकास सम्भव छैन । आम मतदाताले सोचनु पर्ने बेला आएको छ ।

भर्खरै प्रकाशित

your adv here