21.1 C
Kathmandu
Sunday, May 31, 2026
Homeराजनीतिअबको राजनीति कसरी अघि बढछ ?

अबको राजनीति कसरी अघि बढछ ?

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

-डा.डिआर उपाध्याय,

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही दिन अघि भब्य पत्रकार सम्मेलन आयोजना गरेका थिए । मैले त्यति ठूलो भब्य पत्रकार सम्मेलन अहिले सम्म देखेको थिएन । पत्रकार र क्यामराको भिड मात्र देखिन्थ्यो । जव लामिछाने मूलधारका मिडिया र पत्रकार बिरुद्ध खनिए त्यसले तरंग ल्याइदियो । कान्तिपुरका मालिक देखि अन्नपूर्णका मालिक लगायत पत्रकार समेत गरि १२ भाइको खेदो खने । ऋषि धमलालाई जोक्कर समेत भन्न भ्याए । लामिछानेले बोलेका कुराको तरंग अझै सेलाएको छैन । रविको पक्ष र बिपक्षमा मत जाहेर गर्नेको कुनै कमी छैन ।

पत्रकार महासंघले प्रेस स्वतन्त्रता माथिको प्रहार भन्दै बिज्ञप्ती नै निकाल्यो । पत्रकार सम्मेलनमा रबि आर्कोशमा आए । आर्कोशमा नआइ नम्र भएर बोलेको भए राम्रो हुन्थ्यो । त्यति अडकल उनमा भएन । रबि साहसि र आँटीला ब्यक्ति हुन । रबिले १२ भाई बिरुद्ध लगाएको आरोपका बारेमा म जान्दिन तर यति थाह छ, संचार क्षेत्रमा पनि ब्यापक सुधारको खाँचो छ । यो क्षेत्रलाई ब्यापक सुधार गरेर मर्यादित र बिश्वाशिलो बनाउनु पर्ने जरुरी भने पक्कै छ । बारम्वार संचार क्षेत्र माथि किन प्रश्न उठछ ? यो प्रश्नको खोजि गर्नु जरुरी छ । देशमा देखिएका बिकृती, बिसंगतीका बिरुद्ध पत्रकारले कलम चलाउन र बोल्न डराउनु हुदैन । लुकेका, लुकाइएका र लुकाउन खोजिएका कुराहरु बाहिर ल्याउनु असल पत्रकारको धर्म र कर्तव्य हो । संचार कर्ममा रहुन्जेल लामिछानेले यस्तै र साना साना जनताका पीर मर्काका कुरा बाहिर ल्याए र चर्चामा पनि आए ।

अनियमितता र भ्रष्टाचारका कुरा बाहिर ल्याए । सिधा कुरा जनता संग भन्ने उनको कार्यक्रम छोटो समयमा चर्चामा आयो । उनको सतकर्मले जोडेको सम्पति भनेको जनता थिए । त्यही भएर पार्टी खोलेको ६ महिना भित्र नै राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशको चौथो राजनीतिक शक्ति बनाउन उनी सफल भए । उनको यो सफलताका बारेमा कसैले चासो देखाएन । यो कसरी सम्भव भयो भनेर मूलधारका संचार माध्यमले कहि कतै लेखेनन् । रबिको खेदो खन्ने बाहेक मूलधारका संचार माध्यमले अरु केही गरेनन् । त्यसो भएर रबि आर्कोशित भएको हुनु पर्छ । सर्वोच्चको फैसलाले एकै चोटी संसद पद र मन्त्री गएको छ किन रबि आर्कोशित नहुन ? रबि देशमा केही गरेर देखाउछु भन्ने आँटीला ब्यक्ति हुन । उनको बारेमा गुन गान गाउन खोजेको होइन, सत्य कुरा त भन्नै पर्छ ।

छोटो समय मन्त्री भए काम त राम्रै गर्न खोजेका हुन यो कुरा सबैले स्वीकार गर्न सक्नु पर्छ । राम्रो काम गर्न खोज्नेहरुलाई यो देशमा खुट्टा तान्ने प्रबृति बढदो छ । त्यसै सतिले सरापेको देश भनिएको रहेन्छ । यो देशमा रबि जस्तो आँटीलो र इमान भएको नेताको खाँचो छ । हेदै जानु होला रबि फेरि उदाएर आउने छन । उनको पक्षमा ठूलो जनमत बढदै छ । यो घटनाक्रमले त रबिको पक्षमा झन ठूलो माहोल खडा भए जस्तो देखियो ।

तस्कर, माफिया, दलाली, भ्रष्ट बाहेक अरु सबै सर्बसाधरण जनता रबिको पक्षमा छन । यो कुरा म ठोकेर भन्छु । राम्रो काम गर्न खोज्नेलाई किन गिराइन्छ ? देश र जनताको भबिश्य राम्रो बनाउन खोज्नेलाई यो देशमा किन पाखा लगाइन्छ ? हरेक क्षेत्रमा राम्रो काम गर्न खोज्नेहरुलाई खुट्टा तानेर ढलाइएको देखिएको छ । अब सबै जनता गम्भिर बन्नु पर्ने अबस्था आएको छ । नेपाली जनताले आश्वासन होइन, परिणाम खोजिरहेका छन । परिणाम दिन सरकार अग्रसर भएर लाग्नु पर्ने देखियो । रबिको संसद र मन्त्री पद गए पछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकार बाट बाहिरिएको छ तर समर्थन भने फिर्ता लिएको छैन । अबको राजनीति कसरी अघि बढछ त्यो त अहिले भन्न सकिदैन ।

भर्खरै प्रकाशित

your adv here