26.1 C
Kathmandu
Monday, October 26, 2026
Homeमनोरन्जनशम्भुजीतको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा‘माया नै माया’(भिडियो)

शम्भुजीतको संगीत,क्रोधीको शव्द र सुरेशको स्वरमा‘माया नै माया’(भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

काठमाडौँ । प्रख्यात गायक तथा सङ्गीतकार शम्भुजीत बास्कोटाको नयाँ गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । भ्यालेन्टाइन डेको अवसरमा ल्याइएको ‘माया नै माया’ बोलको गीतले अहिले युवा पुस्ताहरूको बिचमा निकै नै चर्चा कमाउन सफल भएको छ ।

विश्वकै पहिलो रियालिटी शो प्रतिभाका डवलीको निर्माता निर्देशक समेत रहेका बास्कोटा नेपालकै पहिलो म्यूजिक भिडियो निर्देशकको रुपमा समेत परिचित छन । नेपाली चलचित्र क्षेत्रमा हजारौं गीतहरुमा उनको संगीत श्रृजना र गायनले लाखौं करोडौं श्रोताहरुको मनमा सधैै वस्न सफल बांस्कोटा चलचित्र विकास वोर्डको पहिलो कार्यकारी समेत हुन ।

पछिल्ला युवा पुस्ताको माया, प्रेमलाई समेटेर बास्कोटाको संगीतमा तयार भएको उक्त गीतले सकारात्मक प्रतिक्रिया पाउनुको साथै छोटो समयमा धेरैले हेरेका छन् ।

वरिष्ठ गीतकार किरण केसी क्रोधीको शब्द रहेको गीतमा सुरेश लामाले स्वर दिएका छन् भने मनोहर सुनामले संगीत संयोजन गरेका छन्। लामो समयदेखि विदेशमा रहेर गीत श्रृजनामा सक्रिय गीतकार क्रोधीको यस अघि थुप्रै गीतहरुको दर्शक श्रोताको रोजाईमा पर्न सफल छन ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता आकाश श्रेष्ठ र गरिमा शर्माले अभिनय गरेका छन् ।

बुद्ध थापाले छायाङ्कन गरेको उक्त म्युजिक भिडिओलाई विकाश धमलाले सम्पादन गरेका हुन् । भिडियो शम्भूजित बास्कोटाको आफ्नै युट्युव च्यानल शम्भुजित सेभेन नोट्सबाट सार्वजनिक भएको हो ।

भर्खरै प्रकाशित

your adv here