20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeअवार्डभारतको हिन्दुस्तान रत्न अवार्ड नेपालका गायक तथा मोडल म्याक्सलाई

भारतको हिन्दुस्तान रत्न अवार्ड नेपालका गायक तथा मोडल म्याक्सलाई

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

मुम्बई । गायक तथा मोडल म्याक्स नेपाललाई भारतको मुम्बईमा भएको एक भव्य कार्यक्रमका वीच ‘हिन्तुस्थान रत्न अवार्ड’ प्रदान गरिएको छ । चर्चित गायक उदित नारायण झा,चर्चित म्यूजिक डाईरेक्टर स्माईल दरवार,भारतिय फाईट डाईरेक्टर टिनु बर्माले संयुक्त रुपमा गायक म्याक्सलाई अवार्ड प्रदान गरेका हुन ।
मुम्बई ग्लोबल प्रेजेन्ट्स हिन्दुस्तान रत्न अवार्ड २०२३ को द क्लब, मुम्बईमा राजकुमार तिवारीद्वारा भव्य रूपमा आयोजना गरिएको थियो। भारतका चर्चित कलाकार रोनित रोय लगायत धेरै सेलिब्रेटीलाई यस प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको थियो । प्रख्यात कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गेस्ट अफ अनर डा।बु अब्दुल्लाहको उपस्थिति थियो । कार्यक्रमका सह आयोजक वैभव शर्मा थिए, जसले आफ्नो निर्दोष एङ्करिङले पनि सबैलाई मोहित बनाएका थिए ।
समारोहमा रोनित रोय, रेमो डिसुजा, उदित नारायण, इस्माइल दरबार, टिनु वर्मा, जैद दरबार, आवेज दरबार, रिवा अरोरा, सुनील पाल, हरवीर सिंह लगायतका चर्चित भारतिय कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

भारतका चर्चित कलाकार रोनित रोय लगायत धेरै सेलिब्रेटीलाई यस प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको थियो । प्रख्यात कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गेस्ट अफ अनर डा.बु अब्दुल्लाहको उपस्थिति थियो । कार्यक्रमका सह आयोजक वैभव शर्मा थिए, जसले आफ्नो एङ्करिङले पनि सबैलाई मोहित बनाएका थिए ।

समारोहमा रोनित रोय, रेमो डिसुजा, उदित नारायण, इस्माइल दरबार, टिनु वर्मा, जैद दरबार, आवेज दरबार, रिवा अरोरा, सुनील पाल, हरवीर सिंह सहित धेरै बलिउड सेलिब्रेटीहरू उपस्थित थिए।

यस अघि पनि भारतका प्रतिष्ठित अवार्डहरु दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड, विज ग्लायम अवार्ड,अखण्ड भारत गौरव अवार्ड,वुमन पावर एचिभ्मेन्ट अवार्ड लगायतबाट सम्मानित भैसकेका म्याक्स नेपालमा मात्र नभएर कतार तथा भारतिय मिडियामा समेत चर्चा कमाउन सफल भएका छन ।
लामो समयदेखि कतारमा रहेर व्यापार व्यवसाय गर्दै आएका उनले नेपाली गीत संगीत क्षेत्रको विकास र प्रवद्र्धनमा समेत योगदान दिदै आएका छन । चलचित्रमा पाश्र्व गायन समेत गरेका म्याक्सले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड समेत प्राप्त गरेका थिए ।

आधा दर्जन भन्दा बढि अवार्ड जितिसकेका म्याक्स आफ्ना हरेक गीतमा आफै अभिनय गर्ने गरेका छन । अभिनयमा सानैदेखी सौखका कारण थुप्रै सर्ट फिल्म र म्युजिक भिडियोमा अभिनय क्षमता प्रर्दशन गरिसकेका उनी गीत आफै श्रृजना गर्छन भने संगीत समेत आफै दिने गरेका छन ।

भर्खरै प्रकाशित

your adv here