20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeआर्थिकशेयर बजार झण्डै २८ अङ्कले बढ्यो, कारोबार रकम असार यताकै उच्च

शेयर बजार झण्डै २८ अङ्कले बढ्यो, कारोबार रकम असार यताकै उच्च

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

हप्ताको पहिलो दिन शेयर बजार आज झण्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७५ अङ्कले बढेर दुई हजार २२ दशमलव ३५ विन्दुमा पुगेको छ । आज व्यापार, म्युचुअल फण्ड र बैङ्किङबाहेक अरु सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूहको शेयर साढे पाँच प्रतिशतले उकालो लागेको छ ।

आज १० वटा जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन आज हिमालय लघुवित्तको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले ओरालो लागेको छ । आज गएको असार यताकै सबैभन्दा धेरै कारोबार भएको छ ।

गएको असार १७ गतेपछि आज पहिलोपटक कारोबार रकम पाँच अर्ब रुपैयाँ नाघेको हो । आज एक करोड ७१ हजार कित्ता शेयर पाँच अर्ब १५ करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २५ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

भर्खरै प्रकाशित

your adv here