15.1 C
Kathmandu
Sunday, March 16, 2025
Homeखेलकुदमधेशलाई हराउँदै पीएम कप टी–२० मा बागमतीको विजयी सुरुवात

मधेशलाई हराउँदै पीएम कप टी–२० मा बागमतीको विजयी सुरुवात

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

राजधानीमा आजबाट सुरु भएको प्रधानमन्त्री महिला टी२० क्रिकेटमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो उद्घाटन खेलमा अर्को प्रादेशीक टिम मधेशलाई २८ रनले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो ।

११८ रनको विजयी लक्ष्य पछ्याएको धेश निर्धारित २० ओभरमा ५ विकेट गुमाएर मात्र ८९ रनमा समेटियो । उसका लागि प्रतिमा साहले १५, पूजा महतोले ३५, र अनुराधाच चौधरीले २१ रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ बागमतीकी अस्मिना कर्माचार्यले २ तथा मनिसा उपाध्यायले १ विकेट लिईन् । यसअघि सुरुवातमा ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा यसोधा विष्टको ४७ तथा अस्मिना कर्माचायको ३१ रनको मद्दतमा ११७ रन जोडेको थियो ।

पुस १८ गतेसम्म चल्ने प्रतियोगिता मूलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ । पहिलो पटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । यसअघि सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा खेलाइँदै आएको थियो ।

तर यस पटकबाट महिला खेलाडीले पनि धेरै खेल खेल्ने अवसर पाउने भएका छन् । लिग चरणमा सहभागी हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७(७ खेल खेल्नेछन् ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

भर्खरै प्रकाशित

your adv here