17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रनेपाल र भारतमा छायांकन भयो फिल्म ‘यो मन त मेरो नेपाली हो’

नेपाल र भारतमा छायांकन भयो फिल्म ‘यो मन त मेरो नेपाली हो’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

मित्र प्रधान (नर) निरर्देशित फिल्म ‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकिएको छ।

फिल्मको नेपाल र भारतमा छायांकन सकिएको हो । नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउँ पश्चिम बंगाल लगायतको ठाउँमा फिल्मको छायांकन गरिएको थियो। फिल्मलाई सौरव लामाले छायांकन गरेका हुन्। बाँकी छायांकन अमेरिकामा हुने फिल्मका निर्देशन मित्र प्रधानले बताएका छन्।

पद्मा इश्वर इन्टरटेन्मेन्ट ब्यानरको फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ। फिल्मले नेपाली भाषा, साहित्य, कला, इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ।

शिवम् अधिकारीको लेखन रहेको फिल्ममा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, सञ्जित भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुव दत्तलगायत कलाकारको अभिनय छ।

फिल्ममा दिपक शर्माको संगीत, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ।

भर्खरै प्रकाशित

your adv here