20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्र‘दयारानी’को ‘चोरी चोरी’गीत सार्वजनिक (भिडियोसहित)

‘दयारानी’को ‘चोरी चोरी’गीत सार्वजनिक (भिडियोसहित)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म ‘दयारानी’को गीत सार्वजनिक भएको छ।

सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर बासुरी फिल्म्स युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘चोरी चोरी’बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अभिनेता दयाहाङ राई र दीया पुन फिचर्ड छन्।

मनोज थापा मगरको संगीत तथा हर्क साउदको शब्द रहेको गीतमा संगीतकार थापा मगर र सदीक्षा कट्टेलको स्वर छ।

बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। फिल्ममा दयाहाङ र दीयासँगै विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ। अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्।

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्। फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ।

भर्खरै प्रकाशित

your adv here