17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारतराईमा हुस्सु र कुहिरो, पहाडी भेगको तापक्रम निरन्तर घट्दै

तराईमा हुस्सु र कुहिरो, पहाडी भेगको तापक्रम निरन्तर घट्दै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं उपत्यकामा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । उपत्यका र आसपासका क्षेत्र तथा पहाडी भेगमा लागेको हुस्सु अब घाम लागेसँगै हटेर जाने मौसमविद् सञ्जिव अधिकारीले बताएका छन् । यस्तै तराईका धेरै भू–भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईमा आज दिउँसो अबेर घाम लाग्ने उनले बताएका छन् ।

नेपालको मौसममा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पानी पर्ने प्रणालीको विकास नभएकाले अझै केही दिन पानी नपर्ने मौसमविद् अधिकारीले बताएका छन् ।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज आंशिक बदली हुने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, बाग्मती प्रदेशका केही पहाडी स्थानमा दिउँसो आंशिक बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।

भर्खरै प्रकाशित

your adv here