17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्र‘पर्खि बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

‘पर्खि बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक गरिएको छ।

मंगलबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो। प्रमोद खरेल र अनु चौधरीको स्वर रहेको गीतमा किरण श्रेष्ठ र रक्षा बुढाथोकी फिचर्ड छन्।

कृष्णहरी बरालको शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका छन् । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन्।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ।

राजाराम बुढाथोकी निर्माता रहेको फिल्ममा कोमल गुरुङ सह(निर्माता छन्। फिल्ममा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ। फिल्म काठमाडौं उपत्यकामा करण श्रेष्ठले रिच इन्टरटेनमेन्टले र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।

यो फिल्म आगामी पुस २७ गतेदेखि प्रदर्शन हुँदैछ।

भर्खरै प्रकाशित

your adv here