20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारसिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की सम्मानित

सिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की सम्मानित

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन्। अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा राजधानीमा सम्पन्न एक कार्यक्रममा दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा कार्की ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित भएका हुन्।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र, पेसा, व्यवसायमा संलग्न व्यक्तिहरू सम्मानित भए।
रामेछापको सुनापति दोरम्बा सैलुङ र खाँडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आ–आफ्नो क्षेत्रबाट सेवा र योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको हो।

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की विगत एक दशकदेखि सर्टिङ–सुटिङ व्यवसायमा सक्रिय छन्। विभिन्न सामाजिक सेवाका काममा योगदान दिँदै आएका कार्कीले यसअघि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन्।

भर्खरै प्रकाशित

your adv here