17.1 C
Kathmandu
Sunday, March 16, 2025
Homeसमाचारसिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की सम्मानित

सिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की सम्मानित

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्की ‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित भएका छन्। अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा राजधानीमा सम्पन्न एक कार्यक्रममा दोस्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मा कार्की ‘अग्लेश्वरी हिल्स जीवन्त राष्ट्रिय युवा उद्यमी सम्मान २०८०’ बाट सम्मानित भएका हुन्।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र, पेसा, व्यवसायमा संलग्न व्यक्तिहरू सम्मानित भए।
रामेछापको सुनापति दोरम्बा सैलुङ र खाँडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आ–आफ्नो क्षेत्रबाट सेवा र योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको हो।

‘राष्ट्रिय युवा उद्यमी २०८०’ बाट सम्मानित कार्की विगत एक दशकदेखि सर्टिङ–सुटिङ व्यवसायमा सक्रिय छन्। विभिन्न सामाजिक सेवाका काममा योगदान दिँदै आएका कार्कीले यसअघि विभिन्न अवार्ड तथा सम्मान प्राप्त गरेका छन्।

भर्खरै प्रकाशित

your adv here