हिजो दिनभर वर्षा र हिमपात भएको ठाउँमा आज चिसो बढेको छ । हिजो सुुदूरपश्चिम, कर्णाली र लुुम्बिनीसँगै बाग्मती, गण्डकी र कोशी प्रदेशका पहाडी भेगका धेरै ठाउँमा हल्का पानी परेको थियो ।
आज पनि पहाडी भेगका धेरै ठाउँमा आंशिक बदली हुने र कतैकतै फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् गोविन्द झाका अनुसार आज कोशी र गण्डकीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने अनुमान छ। तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो हटेको छ । थोरै ठाउँमा मात्रै बिहान हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले हिजो धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो । हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बाग्लुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको बाक्लो हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।
पर्सि आइतवारदेखि पानी पार्न सक्ने अर्को प्रणाली भित्रिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
