17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनबिरामी चलचित्रकर्मी र मृतकका परिवारलाई विकास बोर्डको आर्थीक सहयोग

बिरामी चलचित्रकर्मी र मृतकका परिवारलाई विकास बोर्डको आर्थीक सहयोग

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडाैँ – चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याण कोषले बिरामी चलचित्रकर्मी र अकालमा मृत्यु भएका चलचित्रकर्मीका परिवारलाई आर्थीक रुपमा सहयोग गरेको छ। नेपालको चलचित्र क्षेत्रमा योगदान पुर्याएका चलचित्रकर्मीहरुलाई चलचित्र कल्याण कोषले बैशाख १९ गते घर घरमा गएर सहयोग गरेको हो।

चलचित्र कलाकार गोकुल सुवेदीलाई ४० हजार, चलचित्र प्राविधिक कृष्ण प्रसाद तिमल्सिनाको परिवारलाई ५० हजार, चलचित्र प्राविधिक तथा छायांकार उमेश श्रेष्ठ र चलचित्र निर्देशक सन्तोष ढकाललाई १ लाँख रुपैँया सहयोग गरेको चलचित्र विकास बोर्डका अध्ययक्ष दिनेश डि.सीले जानकारी दिए।

उनका अनुसार मृतक चलचित्र प्राविधिक कृष्ण प्रसाद तिमल्सिनाको परिवारलाई काजक्रिया खर्च घरमा गई हस्तान्तरण गरेको हो। उनले भने,’ हामीले चलचित्र प्राविधिक तथा छायांकार उमेश श्रेष्ठलाई पनि घरमा नै गएर दियौँ र उपचारको क्रममा रहनुभएका चलचित्र निर्देशक सन्तोष ढकाललाई अस्पतालमा उपस्थित भई दिएका हौँ। यसरी आफ्नो क्षेत्रका सहकर्मीहरुलाई सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ।’

सो वितरणका लागि चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेत्री एवं चलचित्र कलाकार संघका संरक्षक वसुन्धारा भुषाल तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाको उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here