17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeभिडियोनम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र...

नम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी(भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउनेक्रम जारी छ । संगीतकर्मीहरु तीज गीतलाई बजारमा ल्याउनमा आतुर देखिन्छन् । तीजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिमय देखिन्छ । भड्किलो गीतहरु बजारमा ल्याएर चर्चा कमाउने एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउन हुँदैन भनेर सन्देशमूलक सिर्जना पनि ल्याउने गरेका छन् ।

यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ । पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तीजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ ।

गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको संगीत सिर्जना रहेको छ । गीतको संगीत संयोजना पुरुषोत्तम सुवेदीको रहेको छ भने किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । छिमेकी, साथीसंगीको देखेर साडी लगाउने रहर, सुनको हार लगाउने रहर र झुम्का लगाउने रहर जागेको एउटा नारीको कथालाई गीतमा सरल तरिकाले प्रस्तुत गरिएको छ ।
‘किन्दिने हो कल्ले ?’ गीतको भिडियोमा नायिकात्रय कुन्जना घिमिरे ‘सुन्तली’, सनिशा बजगाईं र जुना सुन्दासको अभिनय रहेको छ । उनीहरुलाई सुरेन्द्र बसेल, निशान्त परियार र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् । गम्भिर विष्टको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुने भने प्रविन भट्टले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भर्खरै प्रकाशित

your adv here