18.1 C
Kathmandu
Thursday, April 2, 2026
Homeचलचित्रचलचित्र कलाकार संघमा चुनावी सरगर्मी बढ्यो,उत्तम केसीको अध्यक्ष उम्मेदवारी घोषणा

चलचित्र कलाकार संघमा चुनावी सरगर्मी बढ्यो,उत्तम केसीको अध्यक्ष उम्मेदवारी घोषणा

Date:

सम्बन्धित खबर

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...

तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाआगामी चैत्र ५ गतेदेखि

काठमाडौँ | नेपाली लोक संस्कृति संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील...

एउटा यस्तो पात्र, जो पर्दा पछाडि कथामा हराइरहे अच्युत घिमिरे

‘अच्युत घिमिरे’ भन्नसाथ हरेकले स्वतस्फूर्त प्रश्न गर्छन्, ‘श्रुति संवेगमा...
spot_img

काठमाडौं ।  चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् ।

उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् । यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।
संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ ।

अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ ।  २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।
रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन ।

बाल्यकालदेखि कला क्षेत्रमा रमाएका केसीले विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गरेका हुन् । २०० भन्दा बढी टेलिफिल्ममा अभिनय गरेका केसीले ‘आदर्श नारी’बाट चलचित्रमा डेब्यु गरेका हुन् ।

उनले पुकार, मोहनी, ज्वाला, जन्मभूमि, बलराम, चमत्कार, चण्डाल, चक्रव्युह, नाइनभन्नु ल सिरिज, होस्टेल, बुकुरो, झिंगे दाउ–२ सहित २५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
अहिले पनि अभिनयलाई निरन्तरता दइिरहेका केसी विशेषगरी ‘चुँईचुँई’ पारेर भन्ने थेगोबाट चर्चामा आएका हुन्। जीवन चक्र नामक टेलिचलचित्रमा उत्तम काकाको भूमिकाबाट उनको ‘चुँईचुँई’ यात्रा सुरु भएको हो ।
चलचित्र विकास बोर्डको पूर्व सदस्य रहेका केसी संघको पूर्व कार्यकारी सदस्यहुँदै सहकोषाध्यक्ष र सचिवमा निर्वाचित भएका थिए ।

नेपाल सरकारको प्रशासनिक क्षेत्रमा उनको अनुभव रहेको छ ।

भर्खरै प्रकाशित

your adv here