17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeराजनीतिआम मतदाताहरुले हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिनु पर्छ

आम मतदाताहरुले हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिनु पर्छ

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

-डा.डी.आर.उपाध्याय खनाल

काठमाडौं ।  आमनिर्वाचन २०७९ को माहोल तातिसकेको छ । नेताहरु चुनावी प्रक्रियामा लागी सकेका छन । तर आमजनतामा निर्वाचनप्रति खासै उत्साह भएको देखिएन । कारण के हो त ? आम जनता यति बेला निराश भएको अबस्था देखिन्छ । राजनीति गर्ने नेताहरुले जनतामाथि बेइमान गरिरहेका छन । त्यो कारणले पनि जनतामा उत्साह देखिएन । जनतामा निराश आउनु भनेको खतराको संकेत हो । अब राजनीतिक दलहरु इमान्दार नबन्ने हो भने समस्या पककै आउँछ ।

आज हामीले देखिरहेका छौं , नेताहरुमा चरम अवसरवाद छ । नेताहरु भ्रष्टाचारमा चुर्लुम डुबेका छन । बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । आज हामी देखिरहेका छौं, जनता किन निराश र वाक्क छन् ? लोकतन्त्रमा देश र जनता सम्पन्न हुनु पर्ने हो त्यो किन हुन सकेन ? कारण नेताहरु बेइमान भए अरु केही होइन । लोकतन्त्रको नाममा छाडातन्त्र चलेको छ । यसरी देश चल्दैन ।

जनताको बलमा आएको लोकतन्त्रमा राजनीतिक दल र तिनकै नेताहरू सबैभन्दा बढि छाडा भएका छन । आज देशमा जसले जे गरे पनि हुने यो अबस्था चिन्ताजनक छ । दल र नेताहरू बिचौलियाको जालोबाट नराम्ररी घेरिएका छन् । आज मुलुकको राष्ट्रियता धरापमा परेको छ । नेताहरूले आफनो स्वार्थका लागि राष्ट्रिय स्वार्थसमेत बिर्सन पुगेका छन् । यो मुलुकका लागि ठूलो दुरभाग्य हो । राजनीतिक दल र तिनका नेताहरु सच्चिने कुनै सुरसार नै गदैनन् । यस्तै अवस्थामा रहने हो भने हामी सकिन्छौं । शासन व्यवस्था मात्रै राम्रो भएर हुदैन, त्यसलाई सञ्चालन गर्नेहरू पनि राम्रा, इमानदार र कर्तव्यनिष्ट हुन जरुरी छ ।आम मतदाताहरुले हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिन सक्नु पर्छ ।

लोकतन्त्र प्रतिस्पर्धात्मक शासन व्यवस्था हो । तर, दलहरु मिलेर चुनाव लडन खोजिरहेका छन । यसले लोकतन्त्र बलियो बनाउन सकिदैन । कुनै सिद्धान्त, विचार र राजनीतिक मान्यता नै नमिल्ले राजनीतिक दलबीच गठबन्धन र तालमेल हुनु लोकतान्त्रिक पद्धतिविपरीतको कार्य हो । आज जुन किसमिका गतिबिधि भएका छन ति सबै लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउने खेल सुरु भएको छ । गठबन्धन वा तालमेल यी दुवै प्रतिस्पर्धात्मक व्यवस्था र लोकतान्त्रिक परिपाटीविपरीतका कार्य हुन् । दलहरु जसरी पनि सत्तामा जाने खेल खेलिरहेका छन ।

जनतामा भ्रम छर्केर दलहरु आफनो स्वार्थ पुर्ति गर्ने खेलमा छन यो कुरा जनताले आफै बुझन सक्नु पर्छ । आमनिर्वाचनमा टिकट वितरण गर्दा दलहरुमा बिवाद देखियो । टिकट वितरणको बिषयलाई लिएर सबै दलमा एक किसिमको असन्तुष्टि देखिएको छ । अहिले, पैसाको बिटो हेरेर टिकट दिइएको छ । नेतृत्वको चाकडी दलाली गर्नेहरू अधिकांशले टिकट पाएका छन् । इमानदारहरू नेताहरुले टिकट पाएका छैनन् । आमनागरिक महँगीको मारले थिचिएका छन । गठबन्धन र तालमेधारीलाई भोट हाल्नुभन्दा अघि धेरैपटक सोच्नुपर्ने बेला आएको छ । गठबन्धनधारी र तालमेलधारीलाई किन र केका लागि भोट हाल्ने ? अब प्रश्न गर्नु पर्ने बेला भएको छ । आमजनता समस्या नै समस्याले ग्रस्त भएका छन । नेताहरुमा सत्तामा गएर लुटतन्त्र मच्चाउने बाहेक अरु केही देखिएन ।

भर्खरै प्रकाशित

your adv here